ad ad

राजनीति


दीपक मनाङेले दिए मन्त्रीबाट राजीनामा (पत्रसहित)

दीपक मनाङेले दिए मन्त्रीबाट राजीनामा (पत्रसहित)

नेपालखबर
जेठ २७, २०७८ बिहिबार १७:५०,

गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले पदबाट राजीनामा दिएका छन्।

प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार सदनमा विश्वासको मत गुमाए पछि मनाङेले पदबाट राजीनामा दिएका हुन्।  मुख्यमन्त्री गुरुङको विपक्षमा उभिएका मनाङे  प्रदेश सभा बैठकमा अनुपस्थित थिए।

उनले बिहीबारदेखि लागू हुनेगरी मन्त्रीबाट राजीनामा दिएको बताएका हुन्।

संसदलाई जीवित राख्नु जनप्रतिनिधिको जनताप्रतिको उत्तरदायित्व र नैतिकता भएको उनले बताएका छन्। यस्तो अवस्थामा मन्त्री भइरनु भन्दा प्रदेश सभालाई बचाउनु पर्ने भएकाले पदबाट राजीनामा दिएको उनको भनाई छ।

मुख्यमन्त्रीले संसदमा विश्वासको मत गुमाइसकेको अवस्थामा मन्त्री पदमा बसिरहन नैतिक सम्मत नहुने उनको राजीनामा पत्रमा उल्लेख छ।

मुख्यमन्त्री गुरुङले मनाङेलाई पदमुक्त गर्दै खेलकुद मन्त्रालयको जिम्मेवारी आफैसँग राखेको बताएका छन्।

 deepak rajinama

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .