सरकारले सूचना तथा सञ्चार प्रविधिमन्त्री नैनकला थापालाई सरकारको प्रवक्ता तोकेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले थापालाई प्रवक्ता तोकेको मन्त्रिपरिषद स्रोतले जनाएको छ।
थापाले बिहीबार नै सूचना तथा सञ्चार प्रविधिमन्त्रीको रुपमा जिम्मेवारी सम्हालेकी हुन्।
प्रवक्ता तोक्ने बाध्यकारी व्यवस्था नभएपनि केही वर्षयता सरकारले प्रायजसो सञ्चारमन्त्रीलाई नै प्रवक्ता तोक्ने गरेको छ।
सरकारका प्रवक्तामा अन्य मन्त्रीले जिम्मेवारी पाउने अनुमानबीच मन्त्रिपरिषदले सञ्चारमन्त्री थापालाई नै त्यो जिम्मेवारी दिएको हो।
प्रतिक्रिया