राष्ट्रिय जनमोर्चाले कारबाही गरेका गण्डकी प्रदेश सांसद कृष्ण थापा तटस्थ बसेका छन् भने राजीव गुरुङ (दीपक मनाङे) अनुपस्थित भएका छन्।
आज गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सभामा विश्वासको मत लिन प्रस्ताव गरेका थिए।
थापा मतदान भइरहेका बेला कुर्सीबाट उठेका थिएनन्।
थापालाई जनमोर्चाले जिम्मेवारीबाट निष्काशन गरे पनि सर्वोच्च अदालतले थमौती गरेको थियो।
जनमोर्चाका केन्द्रीय सदस्यसमेत रहेका थापालाई पार्टीले केन्द्रीय समिति सदस्यलगायत सबै जिम्मेवारीबाट निष्काशन गरिएको थियो।
प्रतिक्रिया