ad ad

राजनीति


गण्डकीका मुख्यमन्त्री गुरुङले पाएनन् विश्वासको मत, स्वतः पदमुक्त

गण्डकीका मुख्यमन्त्री गुरुङले पाएनन् विश्वासको मत, स्वतः पदमुक्त

नेपालखबर
जेठ २७, २०७८ बिहिबार ११:५३,

गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत पाउन सकेनन्।

आज प्रदेश सभामा उनले विश्वासको मत लिने प्रस्ताव गरेका थिए।

प्रस्तावको पक्षमा २७ र विपक्षमा ३० मत परेको छ।

मतदानमा स्वतन्त्र सांसद दीपक मनाङे अनुपस्थित थिए। राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा तटस्थ बसेका छन्। उनी मतदानको समयमा कुर्सीबाटै उठेनन्।

संविधानको धारा १६८ उपधारा ३ अनुसार बनेको गुरुङ सरकारले विश्वासको मत (बहुमत) प्राप्त गर्न नसकेपछि उपधारा ५ आकृष्ट भएको छ।

'उपधारा ३ बमोजिम नियुक्त मुख्यमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा उपधारा (२) बमोजिमको कुनै सदस्यले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा प्रदेश प्रमुखले त्यस्तो सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्नेछ’ संविधानको उपधारा ५ मा भनिएको छ।

अब प्रदेश प्रमुखले सरकार गठनको आह्वान गर्ने छिन्। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र जनमोर्चाको ३० सांसद छन्। स्वतन्त्र सांसद दीपक मनाङे विपक्षी गठबन्धनमा उभिदा बहुमत पुग्छ।

उपधारा ५ अनुसार नयाँ सरकार बन्न नसकेमा प्रदेश मध्यावधिमा जाने छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .