राजनीति

Tata MotorsTata Motors

ओलीले बादललाई ‘नेतृत्व लिन तयार हुनुस्’ भनेपछि


नेपालखबर
काठमाडौं, जेठ ३१

घोषणाको अन्तिम क्षणमा आएर रोकिएको नेकपाको पोलिट्ब्युरो गठन थप पेचिलो बनेको छ। बर्चश्वको लडाइँकाबीच विधानमा व्यवस्था भएको कमिटी गठन गर्न पनि नेताहरु आनाकानी गरिरहेका छन्।

नेकपाका उच्च स्रोतका अनुसार, पोलिट्ब्युरो गठन नगर्ने विषयमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकै ठाउँ पुगेका छन्। नेकपा सभिवालयका एक सदस्यका अनुसार अध्यक्ष ओली यसै पनि पोलिट्ब्युरो गठनको पक्षमा थिएनन्। धेरै कमिटी हुँदा धेरै बैठक बोलाउनु पर्ने झन्झटले गर्दा ओलीले सुरुमै पोलिट्ब्युरो गठन प्रस्तावमाथि प्रश्न उठाएका थिए।

गत मंसिर २९ देखि पुस १२ गतेसम्म बसेको स्थायी समिति बैठकमा पोलिट्ब्युरो गठनको एजेन्डा नै नल्याइएकोमा बरिष्ठ नेता माधव नेपाल पक्षधर नेताहरुले विरोध गरेपछि यो एजेन्डाले प्रवेश पाएको थियो। त्यसयता पटकपटक यस विषयमा बैठक बसेर नाम तय भए पनि सम्भावित नयाँ समीकरणका कारण पोलिट्ब्युरो गठन नहुने सम्भावना बढ्दै गएको नेताहरू अनौपचारिक कुराकानीमा बताउँछन्।

अध्यक्ष ओलीले पोलिट्ब्युरो गठनमा रुचि नदिनुका पछाडि आफू पक्षधरको संख्या कम हुनु प्रमुख कारण रहेको धेरैको बुझाइ छ। त्यस्तै बरिष्ठ नेता माधव नेपालले पोलिट्ब्युरो गठनमा विशेष जोड दिनुका पछाडि चाहिँ हिसावकिताबमा आफु माथि परेकाले हो।

सामान्यतः पोलिट्ब्युरोमा केन्द्रीय सदस्यहरुमध्ये बरिष्ठताका आधारमा चयन गरिने भएकाले त्यसबाट नेपाल पक्षलाई फाइदा छ। पूर्वएमालेका पक्षमा परेका ८२ सदस्यमध्ये नयाँ २३ जनाको नाम तय गर्दा नेपाल पक्षधर १३ परेका छन्।

अध्यक्ष दाहालले पोलिटब्युरोका लागि पहिले ६७ जनाको नाम तय गरे पनि त्यही बीचमा सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ सम्बन्धी नयाँ सूचना आएपछि ती नाम फिर्ता लिएका थिए। गृहमन्त्री रहेका थापाले प्रधानमन्त्री ओलीसँग निकटता बढाएको भरपर्दो सूचना पाएर झस्किएका दाहाल महत्वपूर्ण मानिने कमिटीमा थापालाई निर्णायक बनाउने पक्षमा छैनन्।

पूर्वमाओवादीले पाएका ६७ जनामध्ये थापा पक्षधरको संख्या १४ छ, जसले साथ नदिएमा पोलिटब्युरोमा आफू कमजोर हुने विश्लेषण दाहाल पक्षको छ।

पछिल्लो समय गृहमन्त्री थापाका प्रायः साँझ बालुवाटारमा बित्ने गरेको छ, जहाँ उनी प्रधानमन्त्री ओलीसँग नजिक रहेर पार्टी सन्तुलनको हिसाबकिताब गर्नेदेखि खानपिन गर्ने गर्छन्।

राती अबेरसम्म समय दिएर भएपनि प्रधानमन्त्री ओली थापालाई फकाएर आफ्नो पक्षमा राख्ने प्रयासमा छन्।

‘अब हाम्रो पुस्ताका प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, बामदेव, ईश्वर पोखरेल सबैलाई म एउटै डोकामा हालेर लिएर जान्छु, नेतृत्वका लागि तपाईं तयारी गर्नूस्’, ओलीले थापालाई यस्तो भन्ने गरेको सूचना नेकपाको उच्च तहमा फैलिएको छ।

अध्यक्ष दाहाल अझैपनि थापा ओलीतिर लाग्छन् भन्नेमा विश्वस्त छैनन्, तर यस्तो चर्चाले उनलाई हच्काएको छ।

४ सय ४१ सदस्यीय केन्द्रीय कमिटीलाई ‘जम्बो’ भन्दै बैठक नबोलाए पनि १ सय ४७ सदस्यीय पोलिट्ब्युरो गठन भएमा बैठकै नबोलाएर धकेल्ने सम्भावना कम हुने हुँदा यसमा ओली सकारात्मक नदेखिएका हुन्। 

‘केन्द्रीय कमिटीको बैठक बोलाउँदा भद्रगोल हुन्छ, तर पोलिट्ब्युरो तुलनात्मक रुपमा सानो भएकाले बैठक बोलाउन दवाव पर्छ’, नेकपाको स्थायी कमिटिका एक सदस्य भन्छन्, ‘बैठक नबोलाएमा बोलाउनका लागि हस्ताक्षर अभियान चलाउन पनि सजिलो हुन्छ। सम्भवतः यही बुझेर त्यसलाई टारिएको छ।’

जेठ ३१, २०७६, शुक्रबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: info@nepalkhabar.com
News: news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
advertising@nepalkhabar.com

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


वरिष्ठ संवाददाता
दीपक भट्ट
उजिर कार्की
यज्ञराज जोशी

संवाददाता
लक्ष्मी जि.सी
सविन राई
बसन्त अर्याल

मल्टिमिडिया
सन्जिव योन्जन
सुजन श्रेष्ठ

प्रदेश प्रतिनिधि
वाशुदेव मिश्र (पोखरा)
शैलेन्द्र महतो (जनकपुर)
प्रकाश न्यौपाने (भैरहवा)
गोकुल जोशी (कञ्चनपुर)

ग्लोवल
सन्जय घिमिरे (टेक्सास)
प्रजय शुक्ल(लण्डन)
मगेन्द्र राई (हङकङ)
शैलेन्द्र समदर्शी (सिक्किम)

विशेष संवाददाता
मणि दाहाल
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
शैलज पौडेल
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

समाचार संयोजक
प्रशान्त लामिछाने

कार्यकारी सम्पादक
थिरलाल भुसाल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors