ad ad

राजनीति


गृहमन्त्री बन्दै खगराज, सञ्चारमा नैनकला

गृहमन्त्री बन्दै खगराज, सञ्चारमा नैनकला

नेपालखबर
जेठ २७, २०७८ बिहिबार ५:५७,

प्रधानमन्त्री केपी शर्मा ओलीले आज ७ मन्त्री र एक राज्यमन्त्री नियुक्त गर्दै छन्।

उनले गृहमन्त्रीमा खगराज अधिकारी र सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा नैनकला थापासहित ८ मन्त्री नियुक्त गर्नलागेका हुन्।

थापा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलकी श्रीमती हुन्। 

त्यस्तै, वन तथा वातावरणमन्त्रीमा नारदमुनि राना, कृषिमन्त्रीमा ज्वालाकुमारी शाह, उद्योगमन्त्रीमा राजकिशोर यादव, सामान्य प्रशासनमन्त्रीमा गणेश पहाडीकाे नाम तय भएकाे छ।

रक्षा मन्त्रालय भने प्रधानमन्त्री आफैँले राखेका छन्।

त्यस्तै, प्रधानमन्त्री कार्यालय रहने गरी मोहन बाँनिया र वन राज्यमन्त्रीमा आशा विक रहेकी छिन्।

उक्त ८ मन्त्रीहरुको आजै साँझ  शपथ राखिएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .