ad ad

राजनीति


शिक्षामन्त्री र प्रधान सेनापतिद्वारा कृषि विज्ञान संस्थान लमजुङको निरीक्षण भ्रमण

शिक्षामन्त्री र प्रधान सेनापतिद्वारा कृषि विज्ञान संस्थान लमजुङको निरीक्षण भ्रमण

नेपालखबर
जेठ २५, २०७८ मंगलबार १५:११,

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ र प्रधान सेनापति पूर्णचन्द्र थापाले लमजुङ जिल्लाको नेपाली सेना कृषि विज्ञान संस्थानको निरीक्षण भ्रमण गरेका छन्।

नेपाली सेना कल्याणकारी कोषबाट शिक्षा क्षेत्रमा भएको योगदानहरुको बारेमा जानकारी गराउने साथै आगामी योजना अनुसार उक्त केन्द्रलाई नेपाली सेना कृषि विज्ञान संस्थानको रुपमा संचालन गरी स्नातक तहको बीएससी एग्रिकल्चर कार्यक्रम सञ्चालन गर्ने लक्ष्य प्राप्तिको सिलसिलामा भएको प्रगतिको विवरण समेत जानकारी गराउने उद्देश्यले यो भ्रमण सञ्चालन भएको थियो।

नेपाली सेना अहिले त्रिभुवन विश्वविद्यालयले तोकेको मापदण्ड अनुरुप शैक्षिक र भौतिक पूर्वाधारहरुको विकास गर्ने कार्यको अन्तिम चरणमा पुगेको छ।

निरीक्षण भ्रमणको क्रममा सम्बोधन गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले कृषि प्रधान देश नेपाल, खाद्य सुरक्षाका लागि कृषि उपजमा आत्मनिर्भर हुने तर्फ अग्रसर भइरहेको अवस्थामा, सैनिक कल्याणकारी कोषले नेपाली सेनाका बहालवाला र अवकाश प्राप्त सैनिक तथा आश्रित परिवारलाई आधुनिक व्यावसायिक कृषि तथा पशुपालनमा सरिक गराई स्वदेशमा नै स्वरोजगार सिर्जना गरी आर्थिक रुपमा सक्षम र सामाजिक रुपमा स्थापित गराउन पुर्‍याउँदै आएको योगदानको सराहना गर्दै नेपाली सेनाप्रति धन्यवाद व्यक्त गरेका थिए।

सो अवसरमा प्रधान सेनापति थापाले कृषि क्षेत्रमा अनुसन्धान, विकास र विस्तार गर्न सक्ने दक्ष जनशक्ति निर्माण गर्दै कृषि उपजमा आत्मनिर्भर हुने नेपाल सरकारको नीति कार्यान्वयन गर्न सहयोग पुर्‍याउने उद्देश्यले नेपाली सेना व्यवसायिक कृषि तथा पशुपालन तालिम केन्द्रलाई स्तरोन्नति गर्न लागेको बताएका थिए।

निरीक्षण भ्रमणमा त्रिभुवन विश्व विद्यालयका उप कुलपति प्राडा धर्मकान्त बास्कोटा, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलिया, सह सचिव डा. हरि लम्साल, रेक्टर शिव भुषाल र कृषि विज्ञान संस्थानको डिन प्रा भार्गव धिताल उपस्थित थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .