ad ad

राजनीति


संसदीय समितिले गुठी विधेयकबारे सात जना विज्ञसँग छलफल गर्ने

संसदीय समितिले गुठी विधेयकबारे सात जना विज्ञसँग छलफल गर्ने

नेपालखबर
जेठ ३१, २०७६ शुक्रबार ७:३७,

संसदीय समितिले गुठी विधेयकका सम्बन्धमा विज्ञहरुसँग सामूहिक छलफल गर्ने भएको छ।

संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले गुठी विधेयकका सम्बन्धमा विज्ञहरुसँग सामूहिक छलफल गर्ने निर्णय गरेको हो।

गुठी विधेयक फिर्ता लिन प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेससहित सरोकारवाला निकायहरुले सरकारलाई दवाव दिइरहेका बेला सो सम्बन्धी तथ्यहरु बाहिर ल्याउने गरी विज्ञहरुसँग छलफल गर्ने निर्णय गरिएको समितिकी सभापति पूर्णकुमारी सुवेदीले जानकारी दिइन्। समितिको आगामी साता बस्ने बैठकमा विज्ञहरु केशव बडाल, जगत बस्नेत, कृष्ण पौडेल, जगत देउजा, जनकराज जोशी, महेन्द्र श्रेष्ठ र प्रकाश जोशीसँग सो विधेयकका सम्बन्धमा छलफल गर्ने समितिको निर्णयमा उल्लेख गरिएको छ।

समितिले भूमिसम्बन्धी आठौं संशोधन विधेयक आगामी आईतबार असार १ गते बिहान बस्ने बैठकमा छलफल गर्ने कार्यतालिका पनि तय गरेको छ। त्यसैगरी असार २ गते सोमबार अपराह्न ३ बजे वातावरण संरक्षण विधेयकमाथि छलफल गर्ने कार्यतालिका पनि तय गरिएको समितिकी सभापति सुवेदीेले बताइन्।

समितिले मंगलबार असार ३ गते बिहान साँढे ८ बजे वातावरण संरक्षण विधेयकमाथि छलफल गर्ने, असार ४ गते बुधबार अपराह्न ३ बजे वातावरण संरक्षणसम्बन्धी विधेयकमाथि दफावार छलफल अघि बढाउने तथा असार ५ गते बिहीबार बिहान वन र असार ६ गते शुक्रबार अपराह्न ३ बजे भूमिसम्बन्धी आठौं संशोधन विधेयकमाथि दफावार छलफल सुरु गर्ने पनि जनाएको छ।

समितिमा तीन वटा विधेयक पेश गरिएको छ । ती सबै विधेयकमाथिको छलफल आगामी साता भित्र सम्पन्न गर्ने गरी कार्यतालिका तय गरिएको पनि समितिकी सभापति सुवेदीले बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .