राजनीति


जनकपुरमा युवासंघले जलायो पाँच विपक्षी नेताको पुत्ला

जनकपुरमा युवासंघले जलायो पाँच विपक्षी नेताको पुत्ला

सत्ता पक्षले जनकपुरमा पाँचजना विपक्षी दलका नेताको पुत्ला जलाएको छ।

नेकपा (एमाले) निकट युवा संघले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र जसपाकै संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईको पुत्ला जलाइएको हो।

मंगलबार पुत्ला जलाउने क्रममा प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल समेत भएको छ।

सरकारले जारी गरेको नागरिकता अध्यादेशको विरोध गरेको भन्दै उनीहरुको पुत्ला जलाएर विरोध गरेको युवा संघ धनुषाका नेता सुजित यादवले बताए।

तराई मधेशको समस्या समाधान गर्न सरकारले ल्याएको नागरिकतासम्बन्धी अध्यादेशलाई उनीहरुले विरोध गरेर नागरिकलाई अधिकारबाट बञ्चित गर्न खोजेको युवासंघको आरोप छ।

putla-dahan-12.jpg

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार जारी गरेको नागरिकतासबन्धी अध्यादेशको पक्ष बिपक्षमा तराई मधेशमा समर्थन र विरोध भइरहेको छ।

सतापक्ष एमाले र जसपाका महन्त ठाकुर र राजेन्द्र महतो पक्षका नेता कार्यकर्ताले अध्यादेशको स्वागतमा दीप प्रज्वलन गरी उत्सव मनाएका थिए।

विपक्षीले भने ओलीले आफ्नो सत्ता बचाउन ठाकुर–महतो पक्षलाई फकाउनका लागि अध्यादेश जारी गरी मधेशी जनतालाई ठग्न खोजेको आंशंका गरेका छन्।

जेठ ११, २०७८, मंगलबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad