ad ad

राजनीति


जसपा विवाद : तत्काललाई 'युद्धविराम'

जसपा विवाद : तत्काललाई 'युद्धविराम'

नेपालखबर
जेठ ४, २०७८ मंगलबार ५:३२,

 विभाजनको संघारमा पुगेको जनता समाजवादी पार्टी (जसपा) भित्रको राजनीतिले नयाँ मोड लिएको छ।

अध्यक्ष महन्थ ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादद, संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईबीच एकताको विन्दु खोज्नेतर्फ छलफल अघि बढेको छ।

तीन नेताको पटक पटकको टेलिफोनवार्ता र आज विहान ठाकुर र यादवबीच भएको छलफलपछि तत्काललाई मौन बस्ने सहमति भएको जसपाका एक नेताले बताए।

ठाकुर र यादवबीच आइतबार पार्टी कार्यालयमा सहमतिका लागि छलफल भएको थियो।

यादवको पार्टी विभाजन रोक्न सहमति गरेर अगाडि बढौं भन्ने प्रस्तावमा ठाकुरले साथीहरुसँग छलफल गरेर पुन: बस्ने जवाफ दिएका थिए।
सोमबार पुन: दुई नेताहरुबीच भेट्ने भनिएको भए पनि भेट हुन सकेको थिएन।

'जसपाभित्र दोस्रो पुस्ताका नेताहरुको पनि सहमतिका लागि दवाव छ', ती नेताले भने, 'निरन्तरको दबाबपछि नेताहरु तत्काललाई 'युद्धविराम' गर्न सहमत भएका हुन्।'

आज नै एकता झल्किने गरेर विज्ञप्ति जारी गर्ने तयारीसमेत भएको ती नेताले बताए।

यस अघि यादवले कार्यकारिणी बैठक बोलाएपछि ठाकुरले त्यसप्रति आपत्ति जनाउँदै बैठक नबोलाएको विज्ञप्ति जारी गरेका थिए।

ठाकुर पक्षले राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको दावी गरेपछि यादवले संसदीय दलको बैठक नबसेको र दलको नेता चयन नगरेको विज्ञप्तिमार्फत जनाएका थिए।

जसपा भित्र सररकारलाई हेर्ने दृष्टिकोणमा सहमति हुननसक्दा पार्टी विभाजनको डिलमा पुगेको छ। वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा मागेको विश्वासको मतमा ठाकुर पक्ष तटस्थ बसेको थियो भने यादव पक्षले विपक्षमा मतदान गरेका थिए।

त्यसपछि वैकल्पिक सरकार बनाउने दिशा अगाडि बढ्दा ठाकुर पक्ष त्यसमा सहमत भएको थिएन।

यो पनि :
यसकारण पुग्यो जसपा फुटको संघारमा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .