ad ad

राजनीति


दुई देशमा साताको एक उडान खुला गर्ने निर्णय

 दुई देशमा साताको एक उडान खुला गर्ने निर्णय

नेपालखबर
जेठ ४, २०७८ मंगलबार ४:१७,

सरकारले दुई देशमा साताको १/१ उडान गर्ने उडान खुला गर्ने निर्णय गरेको छ।

कतार र गोन्जाउका लागि हप्तामा एक/एक उडान खोल्ने निर्णय गरिएको ऊर्जामन्त्री टोपबहादुर रायमाझीले नेपालखबरलाई बताए।

सोमबार साँझ बसेको मन्त्रिपषिद् बैठकले कोरोनाविरुद्ध स्वास्थ्य सामग्री ल्याउन अप्ठेरो परेको भन्दै कतार र गोन्जाउमा साताको एक एक उडान गर्ने निर्णय गरेको हो।

सोमबार साँझ बसेको मन्त्रिपषिद् बैठकले कोरोनाविरुद्ध स्वास्थ्य सामग्री ल्याउन अप्ठेरो परेको भन्दै कतार र गोन्जाउमा साताको एक एक उडान गर्ने निर्णय गरेको हो। तर उनले कहिलेदेखि भन्ने मिति खुलाएनन्।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका हवाई माहाशाखा प्रमुख बुद्धिसागर लामिछानेले भने सरकारको निर्णय प्राप्त भइनसकेको बताए।

यसअघि सरकारले भारतबाहेक सबै देशमा जेठ १७ सम्मका लागि उडान बन्द गराएको छ। भारतमा भने यसबीच पनि एयर ट्राभल बबल सम्झौतामार्फत हप्तामा दुई उडान भइरहेका छन्।

यो पनि : अन्तर्राष्ट्रिय उडान: आफ्ना नागरिकलाई प्रतिबन्ध, भारतीयलाई अनुमति!

जेठ १८ देखि अधिकतर देशमा उडान खुलाउने तयारी भइरहेको हवाई माहाशाखा प्रमुख बुद्धिसागर लामिछानेले बताए।

‘स्वास्थ्य मापदण्ड पालना गरेर जुन १ (जेठ १८) बाट अन्तर्राष्ट्रिय उडान खोल्नुपर्छ भन्ने मन्त्रालयको धारणा छ,’ उनले भने‘, ‘विदेशमा रहेका नेपाली, नेपालबाट बाहिर जानुपर्नेहरूका लागि नियमित उडान नै खोल्नुपर्छ भन्ने छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .