ad ad

राजनीति


प्रधानमन्त्री र ७ मन्त्रीविरुद्ध मुद्दाको पेसी आज

प्रधानमन्त्री र ७ मन्त्रीविरुद्ध मुद्दाको पेसी आज

नेपालखबर
जेठ ४, २०७८ मंगलबार २:१४,

प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ ग्रहणका क्रममा ‘प्रतिज्ञा गर्छु’ भन्न इन्कार गरेपछि सर्वाेच्च अदालतमा हालिएको मुद्दाको सुनुवाइ आज (मंगलबार) हुने भएको छ।

प्रधानमन्त्री ओलीले फेरि शपथ खानुपर्ने जिकिर गर्दै वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली, अधिवक्ताद्वय लोकेन्द्र ओली र सन्तोष भण्डारीले दिएको रिट निवेदन सर्वाेच्च अदालतले सोमबार दर्ता गरेको हो।

ओलीले पूर्ण शपथ नलिएकाले फेरि गराउनुपर्ने माग गरिएको रिट निवेदनको पेसी आज (मंगलबार) का लागि तोकिएको हो।

आज सुनुवाइ गरेर सर्वाेच्च अदालतले यो विषय टुंगो लगाउने अपेक्षा छ।

केपी शर्मा ओलीले शुक्रबार प्रधानमन्त्री पदको शपथ खाँदा ‘प्रतिज्ञा गर्छु’ शब्द उच्चारण गर्न मानेका थिएनन्।

राष्ट्रपतिले दोहोर्‍याउँदा समेत ओलीले ‘त्यो पर्दैन’ भनेका थिए।

सुन्नुहोस्, प्रधानमन्त्रीको त्यो शपथ : 

यस्तै उनले पुनःनियुक्ति दिएका ७ मन्त्रीविरुद्ध परेका रिट निवेदनको सुनुवाइ पनि आजै हुने भएको छ। सांसदै नरहेका व्यक्तिलाई पुनः मन्त्रीमा नियुक्ति दिनु कानुनविपरीत भएको जिकिर निवेदनकर्ताले गरेका छन्।

उनीहरूको नियुक्ति बदर गरिनुपर्ने माग रिट निवेदनमा गरिएको छ।

गत वैशाख २७ गते संसदमा विश्वासको मत लिँदा बहुमत नआएपछि पदबाट हटेका ओली विपक्षीले पनि तोकिएको अवधिभित्र बहुमतको सरकार गठन गर्न नसकेपछि संविधानको धारा ७६ (३) अनुसार संसदमा सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा वैशाख ३० गते राति पुनः प्रधानमन्त्रीमा नियुक्ति पाएका हुन्।

त्यसपछि भोलिपल्ट दिउँसो ओलीले पुरानै मन्त्रीलाई पुनःनियुक्ति दिएका हुन्।

संविधानको धारा ७८ अनुसार संघीय संसदको सदस्य नभएका व्यक्ति बढीमा ६ महिनासम्म मन्त्री हुन पाउने र त्यो अवधिभित्र उपचुनावमार्फत सांसद पदमा निर्वाचित नभए स्वतः मन्त्रीबाट हट्नुपर्ने संवैधानिक व्यवस्था छ।

यसविपरीत ओलीले माओवादी केन्द्र छाडेर एमालेमा आएका रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह, गौरीशंकर चौधरी र दावा तामाङलाई पुनः मन्त्री बनाएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .