राजनीति

Tata MotorsTata Motors

सर्वोच्चको आदेशसँगै सुरक्षित बन्यो मुख्यमन्त्री शंकर पोखरेलको पद


नेपालखबर
काठमाडौं, जेठ ४

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको पद तत्कालको लागि सुरक्षित बनेको छ।

प्रदेश सभाबाट पदमुक्त भएका जनता समाजवादी पार्टी (जसपा) का चारजना सांसदलाई सर्वोच्च अदालतले सोमबार पदमा पुनर्वहाली गर्न आदेश दिएसँगै पोखरेलको पक्षमा स्पष्ट बहुमत (४२ सांसद) पुग्ने देखिएको हो। यसले मुख्यमन्त्री पोखरेलको सम्भावित सत्तासंकट तत्कालको लागि टरेको छ।

अदालतको आदेशसँगै अब प्रदेश सभामा सांसद संख्या ८३ पुगेको छ। बहुमत सिद्ध गर्न पोखरेललाई ४२ सांसद नै चाहिन्छ। ३८ जना मात्रै सांसदको समर्थन पाएका मुख्यमन्त्री पोखरेलको पक्षमा अब जसपाका चारसहित ४२ सांसदको समर्थन प्राप्त भएको हो।

कांग्रेस माओवादी केन्द्रको विपक्षी गठबन्धनमा ४१ मात्रै सांसद छन्। कांग्रेसका १९, माओवादी केन्द्रका १९, जनता समाजवादी पार्टी (उपेन्द्र यादव पक्ष)का दुई, राष्ट्रिय जनमोर्चाका एक गरी ४१ सांसद विपक्षी गठबन्धनमा छन्।

प्रदेश सभामा अल्पमतमा परेपछि लुम्बिनीका मुख्यमन्त्री पोखरेलले गएको वैशाख १९ गते पदबाट राजीनामा दिएका थिए। सोही दिन साँझ प्रदेश प्रमुखले पोखरेललाई नै मुख्यमन्त्री पदमा सपथ ग्रहण गराएका थिए।

पुनः सपथ लिएसँगै विपक्षी गठबन्धनबाट मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका जसपाका सांसद सन्तोषकुमार पाण्डेय, सुमन शर्मा रायमाझी, विजयबहादुर यादव र कल्पना पाण्डेलाई मुख्यमन्त्री पोखरेलले आफ्नो मन्त्रिमण्डलमा सहभागी गराएका थिए।

Bidhlabmobile bidhlab

त्यसपछि जसपाको संसदीय दल र केन्द्रीय कार्यकारिणी समितिको सिफारिसमा प्रदेश सभाले उनीहरूलाई पदमुक्त गरेको थियो।

यो पनि  सर्वोच्चले भन्यो : जसपाका चार प्रदेश सांसदलाई तत्काल पदमुक्त नगर्नू (आदेशसहित)

 

 

जेठ ४, २०७८, मंगलबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: info@nepalkhabar.com
News: news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
advertising@nepalkhabar.com

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


वरिष्ठ संवाददाता
दीपक भट्ट
उजिर कार्की
यज्ञराज जोशी

संवाददाता
लक्ष्मी जि.सी
सविन राई
बसन्त अर्याल

मल्टिमिडिया
सन्जिव योन्जन
सुजन श्रेष्ठ

प्रदेश प्रतिनिधि
वाशुदेव मिश्र (पोखरा)
शैलेन्द्र महतो (जनकपुर)
प्रकाश न्यौपाने (भैरहवा)
गोकुल जोशी (कञ्चनपुर)

ग्लोवल
सन्जय घिमिरे (टेक्सास)
प्रजय शुक्ल(लण्डन)
मगेन्द्र राई (हङकङ)
शैलेन्द्र समदर्शी (सिक्किम)

विशेष संवाददाता
मणि दाहाल
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
शैलज पौडेल
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

समाचार संयोजक
प्रशान्त लामिछाने

कार्यकारी सम्पादक
थिरलाल भुसाल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors