ad ad

राजनीति


पार्टी र सरकार सञ्चालक जबजका कथित अनुयायीः रामकुमारी झाँक्री

पार्टी र सरकार सञ्चालक जबजका कथित अनुयायीः रामकुमारी झाँक्री

नेपालखबर
जेठ ३, २०७८ सोमबार १६:७,

नेकपा एमालेकी नेत्री रामकुमारी झाँक्रीले अहिले पार्टी र सरकार सञ्चालन गर्नेहरू जनताको बहुदलीय जनवाद (जबज) का कथित अनुयायी भएको आरोप लगाएकी छन्।

एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २८औं स्मृति दिवसका सन्दर्भमा उनीहरूप्रति श्रद्धासुमन अर्पण गर्दै नेत्री झाँक्रीले पार्टी र सरकार सञ्चालकप्रति कटाक्ष गरेकी हुन्।

मदन भण्डारीले जबजअन्तर्गत जोड दिएको विषय कम्युनिस्ट आन्दोलनको लोकतान्त्रीकरण, समाज व्यवस्था र राज्य सत्ताको लोकतान्त्रीकरण भएको उल्लेख गर्दै नेत्री झाँक्रीले जबजका कथित अनुयायीले आज राज्य र पार्टी कसरी चलाउँदैछन् भनेर प्रश्न गर्न सक्ने वैचारिक सदस्य भएको पार्टी निर्माण आजको आवश्यकता भएको बताएकी छन्।

‘आज जेठ ३ गते मदन–आश्रित स्मृति दिवस। जननेता मदन भण्डारीले जबजमा जोड दिएको विषय हो– कम्युनिस्ट आन्दोलनको लोकतान्त्रीकरण, समाज व्यवस्था र राज्य सत्ताको लोकतान्त्रीकरण। बहुमतको सरकार अल्पमतको विपक्ष, पार्टी भित्र बहुमतको निर्णय अल्पमतको कदर, वैचारिक संघर्ष र विचारको स्वतन्त्रता,’ सामाजिक सञ्जालमा झाँक्रीले लेखेकी छन्, ‘जबजका कथित अनुयायीले आज राज्य र पार्टी कसरी चलाउँदैछन्? यी यस्ता प्रश्न गर्न सक्ने वैचारिक सदस्य भएको पार्टी निर्माण आजको आवश्यकता हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .