राजनीति

Tata MotorsTata Motors

सयौं भेला गरेर राष्ट्रिय सभाको निर्वाचन हुँदै, मतदाता त्रासमा

उम्मेदवारहरु रामबहादुर थापा र डा. खिमलाल देवकोटा


नेपालखबर
काठमाडौं, जेठ ३

कोरोना महामारी तीव्र गतिमा फैलिरहेका बेला निर्वाचन आयोगले केहि दिनको अन्तरालमा सयौं मानिस भेला गरी राष्ट्रिय सभाको निर्वाचन गर्दैछ।

आयोगले वागमतीमा बिहीबार (जेठ ६ गते) र लुम्बिनी प्रदेशमा जेठ १७ गते निर्वाचन गर्दैछ।

आयोगले मतदानमा सहभागी हुनका लागि स्वास्थ्य मापदण्ड तोकेको छ। तर दैनिक रुपमा बढेको संक्रमणका कारण मतदाताहरु भने निकै त्रासमा रहेको देखिन्छन्।

वागमती प्रदेश सभाकी सांसद मिना ज्ञवालीले महामारीको विशेष अवस्थाको कारण निर्वाचन कार्यक्रम स्थगित गर्नुपर्ने बताउँछिन्।

‘अहिले महामारीको अवस्था हो, एक त निर्वाध रुपले हिड्न सक्ने अवस्था छैन। अर्को महामारी नियन्त्रणमा महत्वपूर्ण भूमिका खेलिरहेका स्थानीय तहका प्रमुख तथा उपप्रमुख नै मतदाता भएका कारणले आफ्नो स्थानीय तह छाडेर अन्यत्र हिड्ने अवस्था पनि छैन,’ ज्ञवालीले भनिन्।

वागमतीको निर्वाचनका बेला मतदाता र अन्य व्यक्तिहरु गरी कम्तिमा ५ सयभन्दा बढी मानिस भेला हुनुपर्ने भएकोले निकै जोखिमपूर्ण स्थिति आइपर्ने ज्ञवालीको भनाइ छ।

Bidhlabmobile bidhlab

वागमती प्रदेशका १ सय १० सांसद र १ सय १९ स्थानीय तहका प्रमुख तथा उप प्रमुख मतदाता छन्। प्रदेश सांसदमध्ये पशुपति चौलागाईको गत साता कोरोना संक्रमणका कारण निधन भएको छ।

‘अहिलेको अवस्थामा निर्वाचनलाई केही दिनपछि सार्नु उपयुक्त हुन्छ,’ सांसद ज्ञवालीले भनिन्, ‘किनभने चुनावका कारण ठूलो समूहमाथि जोखिम हुँदैछ।’

महामारीका बेला निर्वाचन गर्दा उच्च सतर्कता अपनाएर व्यवस्थापन गर्नुपर्नेमा अहिले झन् फितलो व्यवस्थापन गरिएको प्रदेश सांसद रचना खड्काको भनाइ छ।

उनले अहिले मतदानस्थलको चयन गर्दा पनि उचित निर्णय नगरिएको बताइन्।

BhutandeviHighSchool Hetauda

हेटौंडाको भुटनदेवी माध्यमिक विद्यालयमा मतदानस्थल तोकिएको छ। त्यहाँ बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म मतदानको समय तोकिएको छ।

‘यसअघि ललितपुरको जावलाखेलको खुला स्थानमा मतदान गरिएको थियो, अहिले पनि काठमाडौं उपत्यकाकै ठूला र खुला स्थानमा राख्नुपर्थ्यो,’ खड्काले भनिन्, ‘त्यसो गर्दा दूरी कायम गर्नेदेखि बस्ने खाने लगायतका गतिबिधिमा स्वास्थ्य मापदण्ड कायम गर्न सहज हुन्थ्यो।’

वागमतीका बिभिन्न जिल्ला र स्थानीय तहमा रहेका मतदाताहरु अधिकांश व्यक्ति हेटौंडा पुग्नका लागि काठमाडौं हुँदै जानुपर्छ जसका कारण मतदाताहरुको ‘मुभमेन्ट’ तथा घुलमिल गर्नुपर्ने समय र दूरी बढि हुनेछ।

हेटौंडामा मतदान गरी घर फर्किन कठीन हुने हुँदा त्यहिँ नै बास बस्नुपर्ने र त्यसका लागि अहिलेको परिस्थितिअनुसार उचित व्यवस्थापन हुन नसक्ने हो कि भन्ने चिन्ता समेत मतदाताले व्यक्त गरेका छन्।

‘काठमाडौंमा भएको भए खानेबस्नेबारे‍ चिन्ता कम हुन्थ्यो,’ खड्काले भनिन्।

सोमबार मात्रै ९ हजार २ सय जना नयाँ संक्रमित थपिएका छन् भने कोरोना संक्रमणको कारण २ सय १४ जनाको निधन भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार वागमती प्रदेशका काठमाडौ, ललितपुर, भक्तपुर चितवन, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, मकवानपुर, धादिङ सिन्धुली र नुवाकोट जिल्लामा ५ सय भन्दा बढी संक्रमित छन् भने रुसुवा र रामेछाप जिल्लामा २ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन्।

निर्वाचन आयोगले आइतबार मतदानका लागि स्वास्थ्य मापदण्ड तोकेको छ।

जसअनुसार मतदान स्थलमा प्रदेश गर्नेहरुले ७२ घण्टाअघिको पीसीआर रिपोर्ट देखाउनु पर्ने हुन्छ। कुनै मतदाता संक्रमित भए त्यस्ता मतदाताका लागि मतदानका लागि छुट्टै व्यवस्था गरिने आयोगले जनाएको छ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले राष्ट्रिय सभा निर्वाचन सम्बन्धी कानुनको कारण चुनाव हुनु बाध्यकारी रहेको बताउँछन्।

‘राष्ट्रिय सभामा सांसद रिक्त भएको ३५ दिनभित्र नयाँ सांसद चुनिसक्नु पर्ने व्यवस्था छ। आयोगले त्यही कानुनी बाध्यताका कारणले जेठ ६ गते वागमती र जेठ १७ गते लुम्बिनीमा चुनाव गराउने निर्णय गरेको हो।’

प्रवक्ता श्रेष्ठले मतदाताहरुको आवात जावतमा सहजिकरण गरिदिन र बसोबासका लागि आवश्यक व्यवस्थापन गराउन स्थानीय प्रशासनलाई आयोगले पत्र लेखेको बताए।

‘अहिले आमनिर्वाचन जस्तो धेरै मानिस भेला हुने होइन। यसमा प्रदेशका सांसद र स्थानीय तहका प्रमुख तथा उपप्रमुख मात्रै मतदाता हुने भएकाले व्यवस्थापन गर्न सकिन्छ भनेरै चुनाव गराउन लागेका हौं’ श्रेष्ठले भने, ‘हामीले मतदाताहरुलाई आफू, चालक र सुरक्षाकर्मी चाहिने भए उहाँहरुलाई मात्रै ल्याउन आग्रह गरेका छौं।’

नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका रामबहादुर थापा बादल नेकपा एमालेमा प्रवेश गरेपछि सो पद रिक्त भएको हो। रिक्त पदमा एमालेको तर्फबाट गृहमन्त्री थापा उम्मेदवार छन् भने नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रको तर्फबाट संघीयताविद डा. खिमलाल देवकोटा प्रतिस्पर्धामा छन्।

एमालेका उम्मेदवार थापालाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समर्थन जनाएको छ।

देवकोटालाई माधव नेपाल नेतृत्वको एमालेको असन्तुष्ट समूहले अघि सारेको हो।

तर एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल समूहबीच त्यसपछि सहमतिका आधारमा अघि बढ्ने समझदारी बनेको छ।

प्रदेशसभा र स्थानीय तहमा बहुमत रहेको एमालेभित्र देखिएको विवादले राष्ट्रिय सभाको निर्वाचनलाई पेचिलो बनाएको छ। एमाले प्रवेश गरेका थापालाई नेकपा माओवादीले चैत २७ गते सांसदबाट निष्कासन गरेपछि पद रिक्त भएको हो। 

जेठ ३, २०७८, सोमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: info@nepalkhabar.com
News: news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
advertising@nepalkhabar.com

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


वरिष्ठ संवाददाता
दीपक भट्ट
उजिर कार्की
यज्ञराज जोशी

संवाददाता
लक्ष्मी जि.सी
सविन राई
बसन्त अर्याल

मल्टिमिडिया
सन्जिव योन्जन
सुजन श्रेष्ठ

प्रदेश प्रतिनिधि
वाशुदेव मिश्र (पोखरा)
शैलेन्द्र महतो (जनकपुर)
प्रकाश न्यौपाने (भैरहवा)
गोकुल जोशी (कञ्चनपुर)

ग्लोवल
सन्जय घिमिरे (टेक्सास)
प्रजय शुक्ल(लण्डन)
मगेन्द्र राई (हङकङ)
शैलेन्द्र समदर्शी (सिक्किम)

विशेष संवाददाता
मणि दाहाल
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
शैलज पौडेल
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

समाचार संयोजक
प्रशान्त लामिछाने

कार्यकारी सम्पादक
थिरलाल भुसाल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors