ad ad

राजनीति


बादललाई मत माग्दै एमालेले लेख्यो चिठी, राप्रपाले गर्ने भयो सूर्यमै मतदान

बादललाई मत माग्दै एमालेले लेख्यो चिठी, राप्रपाले गर्ने भयो सूर्यमै मतदान

नेपालखबर
जेठ ३, २०७८ सोमबार १२:९,

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आसन्न राष्ट्रिय सभाको निर्वाचनमा सत्तारुढ दल नेकपा–एमालेका उम्मेदवारलाई मत दिने निश्चित भएको छ।

राष्ट्रिय सभाको वागमती प्रदेशबाट निर्वाचित हुने रिक्त सदस्य पदको उपनिर्वाचनमा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई मतदान गर्ने भएको हो।

एमालेले राष्ट्रिय सभा निर्वाचनमा आफ्ना उम्मेदवारलाई सहयोग गर्न अनुरोध सहितको औपचारिक पत्र पठाएकाले आफ्नो पार्टीले एमालेका उम्मेदवारलाई मतदान गर्ने निर्णय गरेको राप्रपा नेता मोहन श्रेष्ठले नेपालखबरलाई बताए।

माओवादीबाट एमाले प्रवेश गरेका थापा सूर्य चिन्ह लिएर निर्वाचन लड्दैछन्।

श्रेष्ठका अनुसार थापाको पक्षमा मतदान गर्न राप्रपाका प्रदेश सभाका सदस्यहरु, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षलाई जानकारी गराउने निर्णय समेत गरेको छ।

शनिबार बसेको राप्रपाका तीन अध्यक्ष कमल थापा, पशुपति शमसेर राणा र डा. पशुपति शमसेर राणासहित पार्टीका शीर्ष नेताहरुको बैठकमै राष्ट्रिय सभा निर्वाचनमा एमालेका उम्मेदवारलाई मत दिने समझदारी गरिएको थियो।

एमालेबाट गरिएको अनुरोधका आधारमा शनिबारको बैठकमा पार्टीभित्र सो समझदारी बनेको थियो। त्यसपछि एमालेबाट औपचारिक पत्र नै प्राप्त भएपछि राप्रपाले पनि औपचारिक निर्णय नै गरेको श्रेष्ठले बताए।

वागमती प्रदेशमा राप्रपाका दुई प्रदेश सांसद रिता माझी र रिना गुरुङ तथा धादिङको रुबी भ्याली गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष मतदाता छन्। उनीहरुको मतभार १ सय ३२ हुन्छ।

गृहमन्त्री समेत रहेका थापा वागमती प्रदेशबाट माओवादी उम्मेदवारको रुपमा राष्ट्रिय सभामा निर्वाचित भएका थिए। थापाले माओवादी दल त्याग गरी एमाले प्रवेश गरेपछि सो पद रिक्त भएको हो।

सोहि रिक्त पदमा जेठ ६ गते निर्वाचन हुन लागेको हो।

उनी अहिले एमाले पार्टीमा छन्। एमालेले रिक्त सो पदमा उनैलाई उम्मेदवार बनाएको छ भने नेपाली कांग्रेस र माओवादी केन्द्रले डा. खिमलाल देवकोटालाई अघि सारेको छ।

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट कृष्णबहादुर तामाङ उम्मेदवार रहेका छन्।

यो पनिः
राष्ट्रिय सभामा एमाले उम्मेदवारलाई मत दिने राप्रपा नेताबीच समझदारी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .