ad ad

राजनीति


स्वास्थ्यकर्मीको टीमसहित नारायणकाजी श्रेष्ठ गोरखामा

स्वास्थ्यकर्मीको टीमसहित नारायणकाजी श्रेष्ठ गोरखामा

नेपालखबर
जेठ ३, २०७८ सोमबार ११:१०,

नेकपा (माओवादी केन्द्र)का प्रवक्ता नारायणकाजी श्रेष्ठ स्वास्थ्यकर्मीको टोलीसहित स्वास्थ्य सामग्री लिएर गोरखा गएका छन्।

स्वास्थ्यकर्मी, औषधि र कोरोना परीक्षण गर्ने किट बोकेर श्रेष्ठ सोमबार गोरखा लागेका हुन्।

उनले गोरखाका पालुङटार, सिरानचोक, अजिरकोट, सुलिकोट, भिमसेन थापा, सहिद लखन गाउँपालिका, आरुघाट गाउँपालिका लगायतका गाउँपालिकामा एन्टिजेनबाट कोरोना परीक्षण गराउनेछन् ।

‘तीन/चार दिन गोरखाका विभिन्न गाउँपालिकामा पुगेर प्रवक्ता श्रेष्ठले एन्टिजेनबाट कोरोनाको परीक्षण गर्न आवश्यक सामग्री उपलब्ध गराउनुहुनेछ,’ श्रेष्ठका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले नेपालखबरसँग भने।

ती सबै गाउँपालिकामा पछिल्लो दिन कोरोना तीव्र रुपमा फैलिएको जानकारी आएपछि श्रेष्ठ डाक्टर, नर्सको टोलीसहित पुगेका हुन्।

त्यसक्रममा शंकास्पद बिरामीको परीक्षण तथा सम्भव औषधि उपलब्ध गराउने, स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्ने तथा स्थानीय तहका पदाधिकारीसँग कोरोना नियन्त्रण सम्बन्धमा आवश्यक छलफल गर्ने श्रेष्ठले बताए।

यसअघि अघिल्लो हप्ता गोरखा अस्पतालको स्थलगत अवलोकन गर्दै तत्काल अक्सिजन प्लान्ट बनाउन आग्रह गरेका थिए। अहिले त्यहाँ प्लान्ट सञ्चालनमा आइसकेको छ र उत्पादन गर्न सुरु गरिसकेको छ।

गोरखामा कोरोनाले भयावह रुप लिन नदिन श्रेष्ठले त्यहाँको स्थानीय तहसँग समन्वय गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .