राजनीति


जसपा लुम्बिनी प्रदेशका चार सांसदको रिटमाथि सर्वोच्चमा सुनुवाई हुँदै

जसपा लुम्बिनी प्रदेशका चार सांसदको रिटमाथि सर्वोच्चमा सुनुवाई हुँदै

नेपालखबर
काठमाडौं, जेठ ३

जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी प्रदेशकाव पदमुक्त चार सांसदले पुर्नवाहलीको माग गर्दै दिएको रिटमाथि सोमबार सुनुवाई हुने भएको छ।

सर्वोच्च अदालतमा आइतबार दर्ता भएको निवेदन न्यायाधीश नहकुल सुवेदीको एकल इजलासमा पेशी तोकिएको हो।

सांसदहरु सन्तोषकुमार पाण्डेय, विजय बहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेले निवेदन दिएका थिए।

पार्टीको एउटा पक्षले गरेको कारबाहीको निर्णय बदर गरी आफूहरुलाई पुनः काममा फर्काउन परमादेश माग गर्दै चार मन्त्रीले सर्वोच्च अदालतमा निवेदन दिएका हुन्।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई समर्थन गर्ने कि नगर्ने भन्नेबारे जसपा विभाजित भएको थियो।

पार्टी अध्यक्ष महन्थ ठाकुर पक्षका यी सांसदहरुले पोखरेललाई समर्थन गरेपछि अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षले उनीहरुलाई कारबाही गरी पार्टी र सांसद पदबाट बर्खास्त गरेको थियो।

उनीहरुको निवेदनमा लुम्बिनी प्रदेश सभा सचिवालय र सभामुख पूर्णबहादुर घर्तिलाई विपक्षी बनाइएको छ।

उनीहरुले आफूहरुमाथिको कारबाही गैरकानुनी भएको भन्दै बदर गर्न र प्रदेश सभाको निर्णय तत्काल कार्यन्वयन नगरी यथावत राख्न अन्तरिम आदेशको माग गरेका छन्।

यो पनि :
लुम्बिनीमा मन्त्री बनेका जसपाका ४ नेता प्रदेश सभाबाट हटाइए

तत्कालीन दुई दल संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीबीच प्रदेशमा समायोजन भइनसकेको अवस्थामा यादव पक्षले मात्रै एकतर्फी रुपमा गरेको कारबाहीको निर्णय कार्यन्वयन नगर्न माग गरेका छन्।

उनीहरुले प्रथम वरियताका अध्यक्ष महन्थ ठाकुरले पठाएको पत्रले पनि यसको पुष्टि गर्ने भएकाले अनधिकृत पत्रकै आधारमा निष्काशन गर्ने निर्णय प्रदेश सभा सचिवालयले हचुवा र पूर्वाग्रहपूर्ण निर्णय गरेको आरोप लगाएका छन्।

सफाइको मौकासमेत नदिई मनोगत ढंगबाट हतार हतार गरिएको निर्णय बदर गरी प्रदेश सभा सदस्य र पार्टिको सदस्यमा यथावत काम गर्न परमादेश जारी गरी गर्न उनीहरुको माग छ।

प्रदेश सभा सचिवालयले सांसदबाट निष्काशन गरिएको पत्र वैशाख १६ गते दिएको थियो। उपेन्द्र यादव पक्षको निर्णयविपरित सरकारमा सहभागी भएपछि उनीहरुलाई सांसदबाट समेत पार्टीले निष्काशन गरेको थियो।

उनीहरु पार्टी निर्णय विपरित मुख्यमन्त्री पोखरेलको मन्त्रिपरिषदमा सहभागि भएका थिए।

जेठ ३, २०७८, साेमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


वरिष्ठ संवाददाता
दीपक भट्ट
उजिर कार्की
यज्ञराज जोशी
केशव सावद

संवाददाता
लक्ष्मी जि.सी
सविन राई
बसन्त अर्याल
समर्पण श्री

मल्टिमिडिया
सन्जिव योन्जन
सुजन श्रेष्ठ

प्रदेश प्रतिनिधि
वाशुदेव मिश्र (पोखरा)
शैलेन्द्र महतो (जनकपुर)
प्रकाश न्यौपाने (भैरहवा)
गोकुल जोशी (कञ्चनपुर)

ग्लोवल
सन्जय घिमिरे (टेक्सास)
प्रजय शुक्ल(लण्डन)
मगेन्द्र राई (हङकङ)
शैलेन्द्र समदर्शी (सिक्किम)

विशेष संवाददाता
मणि दाहाल
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

सम्पादक
बिनु सुवेदी

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .