राजनीति


आइसोलेसनमा बसेका बेला श्रद्धाञ्जलि भन्नेलाई कडा कारबाही होस् : सूर्य थापा


नेपालखबर
काठमाडौं, जेठ ३

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आफू कोरोना संक्रमित भई आइसोलेसनमा रहेका बेला ‘श्रद्धाञ्जलि दिने’ व्यक्तिहरुलाई कडा कारबाही गर्न माग गरेका छन्।

उनलाई १० दिनअघि कोभिड–१९ संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका थिए।

सोमबार गराइएको अर्को परीक्षणमा भने संक्रमणमुक्त भएको रिपोर्ट आएको उनले जनाएका छन्।

तर आफू आइसोलेसनमा बसेर अत्यन्त तनावपूर्ण अवस्थामा रहेका बेला समेत केहि व्यक्ति तथा समूहले दुष्ट नियतका साथ श्रद्धाञ्जलि दिने जस्ता निकृष्ट काम गरेको उनले बताएका छन्।

सामाजिक सञ्जालमा लेखिएका त्यस्ता पोस्टहरु समेत उनले सार्वजनिक गरेका छन्।
केहि व्यक्तिहरुले असान्दर्भिक पोस्टहरुलाई फोटोसपमार्फत् तोडमोड गरी गलत अफवाह फैलाएको समेत थापाले बताएका छन्।

‘त्यस्ता तत्वहरूलाई तथ्यको आधारमा प्रतिष्पर्धा एवं तर्कको सामना गर्न म चुनौति दिन चाहन्छु । साथै, साइवर कानुन कार्यान्वयनको क्षेत्रमा कार्यरत राज्यका संयन्त्रहरूलाई आफ्नो कर्तव्य निर्वाह गरी दोषीहरू उपर कडा कारबाही गर्न विशेष जोड दिन चाहन्छु,’ उनले सामाजिक सञ्जामा भनेका छन्।

उनी यसअघि कोरोनाको पहिलो लहरमा पनि संक्रमित भएका थिए।

‘म जिउँदो मान्छेलाई ‘रिप’ लेख्ने, श्रद्धाञ्जलि भन्ने र मृत्युको कामनासमेत गर्ने गरेको नीच व्यवहार मैले दुबै पटक भोगें,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।

SuryaThapa screenshot

जेठ ३, २०७८, सोमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: info@nepalkhabar.com
News: news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
advertising@nepalkhabar.com

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


वरिष्ठ संवाददाता
दीपक भट्ट
उजिर कार्की
यज्ञराज जोशी

संवाददाता
लक्ष्मी जि.सी
सविन राई
बसन्त अर्याल

मल्टिमिडिया
सन्जिव योन्जन
सुजन श्रेष्ठ

प्रदेश प्रतिनिधि
वाशुदेव मिश्र (पोखरा)
शैलेन्द्र महतो (जनकपुर)
प्रकाश न्यौपाने (भैरहवा)
गोकुल जोशी (कञ्चनपुर)

ग्लोवल
सन्जय घिमिरे (टेक्सास)
प्रजय शुक्ल(लण्डन)
मगेन्द्र राई (हङकङ)
शैलेन्द्र समदर्शी (सिक्किम)

विशेष संवाददाता
मणि दाहाल
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
शैलज पौडेल
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

समाचार संयोजक
प्रशान्त लामिछाने

कार्यकारी सम्पादक
थिरलाल भुसाल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors