ad ad

राजनीति


कांग्रेस प्रमुख सचेतकको स्वास्थ्यमन्त्रीलाई फोन, तीन विषयमा ध्यानाकर्षण

कांग्रेस प्रमुख सचेतकको स्वास्थ्यमन्त्रीलाई फोन, तीन विषयमा ध्यानाकर्षण

नेपालखबर
जेठ २, २०७८ आइतबार १४:४५,

नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले स्वास्थ्यमन्त्री हृदयस त्रिपाठीलाई टेलिफोन गर्दै कोभिड १९ रोकथामका बारेमा ध्यानाकर्षण गराएका छन्।

नेपाली नागरिकको जीवन रक्षाको दायित्व सरकारको भएकाले उचित उपचार व्यवस्था र तत्काल विदेशबाट खोप ल्याउन खाँणले मन्त्री त्रिपाठीलाई भनेको खाम्णको सचिवालयका अधिकृत विजयेन्द्र वीर आलेले बताए।

जेष्ठ नागरिकलाई पहिलो चरणको खोप दिए पनि दोस्रो डोज दिन ढिलाई नगर्न खाँणले भनेका हुन्। देशभर अक्सिजनको अभावमा नागरिकले ज्यान गुमाइरहेको भन्दै प्रमुख सचेतक खाँणले अस्पतालमा अक्सिजनको अभाव हुन नदिन आग्रह गरे।

स्वास्थ्य सामग्री र उपकरणको अभाव हुँदै गएको भन्दै संक्रमित र अन्य रोगका बिरामीको समेत उपचारको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएको उनको सचिवालयले जनाएको छ।

आवश्यक स्वास्थ्य सामग्री तथा उपकरण विदेशबाट ढुवानीको प्रबन्ध गरी सहजीकरण गर्न पनि खाँणले मन्त्री त्रिपाठीलाई भनेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .