ad ad

राजनीति


भिडिओः ‘कोरोना नियन्त्रण गर्न चीन, बेलायत र स्विट्जरल्यान्डबाट ठूलो सहयोग आउँदैछ’

भिडिओः ‘कोरोना नियन्त्रण गर्न चीन, बेलायत र स्विट्जरल्यान्डबाट ठूलो सहयोग आउँदैछ’

नेपालखबर
जेठ १, २०७८ शनिबार १५:५१,

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले कोरोना महामारी नियन्त्रण गर्न चीन, बेलायत र स्विट्जरल्यान्डबाट ठूलो सहयोग आउन लागेको खुलाएका छन्।

‘प्रधानमन्त्रीले नै महामारी नियन्त्रणमा छिमेकी र मित्र राष्ट्रहरूको सहयोग आह्वान गरेपछि सहयोग आउने क्रम सुरु भएको छ’, ज्ञवालीले भने, ‘बेलायत, चीन र स्वीट्जरल्याण्डबाट चाँडै नै ठूलो सहयोग आउँदैछ।’

सरकारले कोरोना महामारी नियन्त्रण गर्न योजनावद्ध रुपमा काम गरिरहेको र अमेरिका, भारतसहितका देशहरूसँग सहयोग जुटाउन पहल भइरहेको ज्ञवालीले बताएका हुन्।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का सदस्य समेत रहेका ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीले महामारी नियन्त्रणमा जुट्न मन्त्री र उच्च तहका कर्मचारीहरूलाई विशेष निर्देशन दिएको र त्यसअनुसार अहिले राज्यको शक्ति यसमा सक्रिय भएको बताए।

पत्रकार कनकमणि दीक्षितसँग लामो भिडियो संवादमा परराष्ट्रमन्त्री ज्ञवालीले महामारी अहिलेसम्म नियन्त्रण बाहिर नगएको र तत्काल स्वास्थ्य संकटकाल लगाउनुपर्ने अवस्था नरहेका प्रष्ट्याएका छन्।

महामारी नियन्त्रणमा सरकारको कार्ययोजना, अक्सिजन व्यवस्थापन र खोपको उपलब्धता, भारतसँगको खुला सीमा व्यवस्थापन जस्ता विषयमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीसँग पत्रकार कनकमणि दीक्षितले गरेको भिडिओ संवाद हेर्नुहोस्ः

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .