ad ad

राजनीति


जसपा उपेन्द्र- बाबुराम पक्ष भन्छ : संसदीय दलको नेता चयन भएको छैन

जसपा उपेन्द्र- बाबुराम पक्ष भन्छ : संसदीय दलको नेता चयन भएको छैन

नेपालखबर
जेठ १, २०७८ शनिबार १३:२०,

जनता समाजवादी पार्टी (जसपा) ले संसदीय दलको समायोजन नभएको र दलको विधान पनि नबनेको अवस्थामा दलको नेता चयन हुन नसक्ने बताएको छ।

जसपा अध्यक्ष उपेन्द्र यादव-बाबुराम भट्टराई पक्षले एक विज्ञप्ति जारी गर्दै संसदीय दलको कुनै पनि बैठक नबसेको जनाएको छ।

'पार्टीको अन्तरिम विधान-२०७७ को धारा २८ को उपधारा (३) बमोजिम केन्द्रीय कार्यकारिणी समितिबाट संसदीय दलको विधान अनुमोदित हुनपर्ने अनिवार्य व्यवस्था बमोजिम हालसम्म संसदीय दलको विधान नबनेको र अनुमोदनसमेत नभएको र संसदीय दलको कुनै पनि बैठक नभएकाले उक्त समाचार भ्रमपूर्ण रहेको जानकारी गराउँछौं' विज्ञप्तिमा भनिएको छ।

जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षले शुक्रबार बसेको भनिएको जसपा संसदीय दलको बैठकले महतोलाई संसदीय दलको नेता चयन गरेको दावी गरेको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने विषयमा जसपाभित्र दुई धार देखिएको थियो।

महन्थ पक्ष का १५ जनाले ओलीलाई विश्वासको मत तटस्थ बसेका भने अन्य सांसद त्यसको विपक्षमा उभिएका थिए।

दुई पक्षबीच विवाद तीव्र बन्दा पार्टीका बैठक पनि छुट्टा छुट्टै बस्न थालेका छन्।

आज बसेको जसपा कार्यकारिणी बैठकबारे अध्यक्ष महन्थ ठाकुरले आपत्ति जनाउँदै विज्ञप्ति जारी गरेका थिए।

उपेन्द्र पक्षको जसपा केन्द्रीय कार्यकारिणी बैठकले ठाकुर पक्षलाई पार्टीको विधानविपरित गएको भन्दै कारवाहीको चेतावनी दिएको छ।

jasapa upendra patra

 यो पनि :

जसपा बहुमत सदस्यले चुने राजेन्द्र महतोलाई संसदीय दलको नेता
उपेन्द्र यादवले बोलाएको बैठकलाई महन्थ ठाकुरले गरे अस्वीकार (वक्तव्य)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .