ad ad

राजनीति


मलेसियाका पूर्व प्रधानमन्त्री भन्छन्ः इजरेलविरुद्ध मुस्लिम राष्ट्रले एक भएर कारवाही गर्नुपर्छ

मलेसियाका पूर्व प्रधानमन्त्री भन्छन्ः इजरेलविरुद्ध मुस्लिम राष्ट्रले एक भएर कारवाही गर्नुपर्छ

नेपालखबर
जेठ १, २०७८ शनिबार ६:०,

उनले इजरेलविरुद्ध मुस्लिम राष्ट्रहरु एक भएर उभिनुपर्ने बताएका छन्। आवश्यक परेमा मुस्लिम राष्ट्रहरुले इजरेललाई कारवाही गर्नुपर्ने र प्यालेस्टाइनीहरुको हकको विषयमा समर्थन जनाउनुपर्ने उनको भनाइ छ।

‘मलाई आशा छ अरब वर्ल्ड र प्यालेस्टाइनले एकसाथ बसेर इजेरविरुद्ध कुनै ठोस रणनीति बनाउनेछन्। मलाई लाग्छ अरब विश्व वर्तमानको अवस्थालाई देखेर ब्युँझनेछ। इजरेलले प्यालेस्टाइनमाथि गरेको हमला मानवताको विरुद्धमा छ’ महातिरले भनेका छन्,‘विश्वलाई यो लाग्नसक्छ कि प्यालेस्टाइन इजेरललाई उक्साइरहेको छ तर आज यो सत्य हो प्यालेस्टाइनी मस्जिदमा नमाज पढिरहेका थिए र इजरेलले उनीहरुमाथि आक्रमण गरे।’

इजरेलको जेरुसलेमस्थित अल–अक्सा मस्जिदमा प्यालेस्टाइनका नागरिकले नमाज पढिरहँदा इजरेलका सुरक्षाबलले त्यहाँ कारवाही गरिनु अर्थपूर्ण नभएको उनको भनाइ छ।

उनी भन्छन्,‘नमाज बढिरहेका मानिस कसैको लागि कसरी खतरा हुन सक्छन्?’ अरब राष्ट्रहरुले आपसमा झगडा गर्नुको साटो प्यालेस्टाइनको बारेमा सोच्नुपर्ने उनको भनाइ छ। बीबीसी

याे पनि: प्यालेस्टाइन र इजरेलको आकाशभर रकेट बमकाे वर्षा, ७४ को मृत्यु (फोटो/भिडिओ)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .