ad ad

राजनीति


देशका सबै वडामा कोरोना परीक्षण गर्ने व्यवस्था गरौं : सांसद संग्रौला

देशका सबै वडामा कोरोना परीक्षण गर्ने व्यवस्था गरौं : सांसद संग्रौला

नेपालखबर
जेठ १, २०७८ शनिबार ५:७,

नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले कोरोना महामारी नियन्त्रण गर्न देशका सबै वाडामा स्क्रिनिङ सेन्टर बनाउन सरकारलाई सुझाव दिएकी छन्।

एक विज्ञप्ति जारी गर्दै उनले विरामीको पहिलो स्क्रिनिङ वडामा गर्ने र थप उपचारको व्यवस्था गर्दा पहिचान र नियन्त्रण हुने बताएकी छन्।

उनले निजी अस्पतालले विरामीसँग लिने शूल्कमा सरकारले कडा निगरानी राख्न पर्ने बताएकी छन्। अहिलेकै महंगो शूल्कबाट उपचार गर्दा बहुसंख्यक नेपाली उपचारबाट विमुख हुनुपर्ने बताउँदै उनले कोरोना बिमा गर्न सुझाव दिएकी छन्।

प्रत्येक अस्पतालमा उपलब्ध बेड, अक्सिजन, आइसियु तथा भेन्टिलेटरको संख्या पारदर्शी तरिकाले वितरण गर्ने, घरबाट अस्पताल जान नसक्ने विरामीको लागि यातायातको व्यवस्था गर्ने, होम आइसोलेसनमा बसिरहेका संक्रमितहरूलाई नियमित स्वास्थ्य अनुगमनका लागि टोल–टोलमा स्वास्थ्यकर्मीको ‘मोबाइल’ टोली परिचालन गर्न उनले भनेकी छन्।

विपन्न र तथा पिछडिएका समुदायलाई नगद वा खाद्यान्नको व्यवस्था गर्नसमेत संग्रौलाले सरकारसँग माग गरेकी छन्।

देशभरि नै स्वास्थ्य संकटकाल लगाई अक्सिजन लगायतका अत्यावश्यक सामग्रीको आपूर्ति सुनिश्चित गर्न, कूटनीतिक नियोगहरूलाई परिचालन गरी अन्तर्राष्ट्रिय सहायता जुटाउन तथा जनताको जीवन जोगाउन आवश्यक सबै कदमहरु उठाउन उनले सरकारसँग माग गरेकी छन्।

यो अवस्थामा राष्ट्रिय संकल्प आवश्यक पर्ने भएकाले तत्काल संसद अधिवेशन आह्वान गर्न पनि उनले माग गरेकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .