राजनीति


 प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई अवज्ञा गरे : बाबुराम भट्टराई


नेपालखबर
काठमाडौं, जेठ १

पूर्व प्रधानमन्त्रीसमेत रहेका राजपाका नेता डा.बाबुराम भट्टराईले शपथग्रहणको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले पदअनुकूलको आचारण नदेखाएको आरोप लगाएका छन्।

नेता भट्टराईले सामाजिक सञ्जालमार्फत ओली ‘छिद्रान्वेषी’ बनेको भन्दै आलोचना गरेका हुन्।

शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ खुवाइरहँदा ओलीले शपथपत्रमा उल्लेख भएको केही शब्द उच्चारण गर्न अस्वीकार गरेका थिए।

राष्ट्रपति भण्डारीले ओलीलाई शपथ खुवाउँदै ‘ ...सत्य निष्ठापूर्वक प्रतिज्ञा गर्दछु...’ भन्ने वाक्य पढिरहँदा ओलीले ‘त्यो पर्दैन...’ भन्दै ‘प्रतिज्ञा गर्दछु’ भन्ने शव्द दोहोर्‍याउन अस्वीकार गरेका थिए।

‘यतिबेला छिद्रान्वेषी बन्नु उपयुक्त हैन। तर पूर्व प्रमको नाताले भन्नैपर्छ प्रधानमन्त्री केपी ओलीले शपथग्रहणको क्रममा गरेको आचरण गरिमामय पद अनुकुल भएन,’ भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘पहिलो, ‘प्रतिज्ञा गर्छु’ भन्ने पदावली शपथग्रहणको मुख्य अंश हो,  ‘त्यो पर्दैन’भन्न मिल्दैन! दोश्रो, राष्ट्राध्यक्षलाई त्यसरी अवज्ञा गर्न मिल्दैन!’

यो पनि   शपथमा प्रधानमन्त्री ओलीले ‘प्रतिज्ञा’ शब्द उच्चारण गर्न नमानेपछि...(भिडिओ)

जेठ १, २०७८, शनिबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: info@nepalkhabar.com
News: news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
advertising@nepalkhabar.com

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


वरिष्ठ संवाददाता
दीपक भट्ट
उजिर कार्की
यज्ञराज जोशी

संवाददाता
लक्ष्मी जि.सी
सविन राई
बसन्त अर्याल

मल्टिमिडिया
सन्जिव योन्जन
सुजन श्रेष्ठ

प्रदेश प्रतिनिधि
वाशुदेव मिश्र (पोखरा)
शैलेन्द्र महतो (जनकपुर)
प्रकाश न्यौपाने (भैरहवा)
गोकुल जोशी (कञ्चनपुर)

ग्लोवल
सन्जय घिमिरे (टेक्सास)
प्रजय शुक्ल(लण्डन)
मगेन्द्र राई (हङकङ)
शैलेन्द्र समदर्शी (सिक्किम)

विशेष संवाददाता
मणि दाहाल
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
शैलज पौडेल
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

समाचार संयोजक
प्रशान्त लामिछाने

कार्यकारी सम्पादक
थिरलाल भुसाल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors