ad ad

राजनीति


एमाले वार्ताः ओली र नेपालसहित १२ नेता जुटे सिंहदरबारमा

एमाले वार्ताः ओली र नेपालसहित १२ नेता जुटे सिंहदरबारमा

नेपालखबर
बैशाख ३१, २०७८ शुक्रबार १३:४४,

नेकपा एमालेभित्रको विवाद मिलाउनका लागि पार्टी प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु सिंहदरबारमा बैठक गरी वार्ता सुरु गरेका छन्।

सो बैठकमा अध्यक्ष ओली र उनी पक्षका ईश्वर पोखरेल, सुवास नेम्वाङ, विष्णु पौडेल, रामबहादुर थापा र विष्णु रिमाल उपस्थित छन् भने नेपाल पक्षबाट भीम रावल, घनश्याम भूसाल, सुरेन्द्र पाण्डे गोकर्ण विष्ट र रघुजी पन्त सहभागी छन्।

हिजो बिहीबार अध्यक्ष ओली र नेता नेपालबीच पार्टीलाई सहमतिका आधारमा अघि बढाउने सैद्धान्तिक समझदारी भएपछि त्यसबारे थप छलफल र सहमति गर्न नेताहरु बैठकमा जुटेका हुन्।

वार्तामा पार्टीमा रहेका विवाद समाधान र एकताको वातावरण निर्माणमा जोड दिइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन्।

बैठकका दृष्यबारे थप तस्बिरः

Oli Nepal teams talks 31Baisakh78 a

Oli Nepal teams talks 31Baisakh78 b 1

Oli Nepal teams talks 31Baisakh78 c

Oli Nepal teams talks 31Baisakh78 d

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .