रातो मच्छिन्द्र नाथको रथ यात्रा नजिकिएपछि जिल्ला प्रशासन कार्यालय ललितपुरले कडा आदेश जारी गरेको छ।
प्रशासनले शुक्रबार आदेश जारी गर्दै केही क्षेत्रमा एकै ठाउँमा ५ जनाभन्दा बढी जम्मा हुन समेत प्रतिबन्ध लगाएको छ।
भोलि शनिबार बिहान ६ बजेदेखि जेठ ५ गते राति १० बजेसम्मका लागि प्रशासनले कडाइ गर्ने भएको हो।
यो अवधिमा हुलदङगा वा अशान्ति गर्ने उद्देश्यले निषेधित क्षेत्रभित्र प्रवेश गरे स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारबाही गर्ने चेतावनी दिइएको छ।
रातो मच्छिन्द्र नाथको रथ रहेको आसपास क्षेत्र पूर्वमा मदन स्मारक स्कुल अगाडिको चोक, पश्चिममा बारुण यन्त्र रहेको स्थान, दक्षिणमा सेन्ट जेभियर्स स्कुल अगाडिको चोक र उत्तरमा लविम मल पश्चिमपट्टिको सडकमा निषेध गरिएको छ।
मिन नाथको रथ रहेको आसपास पनि प्रशासनले कडाइ गरेको छ। पूर्व गणेशस्थान मन्दिर, पश्चिममा टवहाल चोक, दक्षिणमा ईति चोक र उत्तरमा टंगाल र चक्रवहिली गल्लीसम्म प्रतिबन्ध लगाएको हो।
गतवर्ष कोरोना संक्रमणको जोखिम र प्रशासनको निषेधाज्ञाकै बीचमा रथयात्रा सुरु गरेपछि झडप भएको थियो।
त्यसैलाई मध्यनजर गर्दै यस वर्ष प्रशासनले थप कडाइ गरेको हो।
बैशाख शुक्ल प्रतिपदाबाट सुरु हुने यात्रा असार चौथिमा सम्पन्न हुन्छ।
यो पनिः
कोरोना संक्रमणको भयका बीच सेतो मछिन्द्रनाथको रथयात्रा (फोटोफिचर)
प्रतिक्रिया