ad ad

राजनीति


एमालेका दुई पक्षबीच साँझ वार्ता, ओलीसँग छलफल गर्न नेपालले साथमा लाँदैछन् पाँच नेता

एमालेका दुई पक्षबीच साँझ वार्ता, ओलीसँग छलफल गर्न नेपालले साथमा लाँदैछन् पाँच नेता

नेपालखबर
बैशाख ३१, २०७८ शुक्रबार ९:५४,

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पार्टीको विवादको विषयमा आज शुक्रबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्ने भएको छ।

पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीसँग छलफलका लागि वरिष्ठ नेता नेपालले एक टोली चयन गरेका छन्।

टोलीमा भीम रावल, घनश्याम भूसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त सहभागी हुने भएका छन्।

‘पार्टीभित्र देखिएको समस्या समाधानका विषयमा छलफल हुनेछ,’ भूसालले नेपालखबरसँग भने।

छलफलका लागि साँझ छ बजेका लागि छलफलको समय तोकिएको छ।

नेकपा एमालेभित्र देखिएको विवाद समाधानका लागि अध्यक्ष ओली र नेता नेपालबीच बिहीबार बूढानीलकण्ठ चपलीहाइटस्थित एक निजीनिवासमा चार घण्टा लामो वार्ता भएको थियो।

त्यसलगत्तै नेपाल पक्षले भन्दै आएको सामूहिक राजिनामा दिने योजनाबाट पछि हटेको थियो।

आज शुक्रबार नेपाल पक्षका स्थायी कमिटी सदस्यहरुबीच छलफल भएको थियो। अहिले सो पक्षका केन्द्रीय सदस्यहरुसँग छलफल भैरहेको छ।

यो पनिः
यी हुन् ओली-नेपालबीच भएका सहमति र मिल्न बाँकी मुद्दा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .