ad ad

राजनीति


यसकारण ओलीले दिए पुरानै मन्त्रीहरुलाई निरन्तरता

यसकारण ओलीले दिए पुरानै मन्त्रीहरुलाई निरन्तरता

नेपालखबर
बैशाख ३१, २०७८ शुक्रबार ९:७,

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ मन्त्रिपरिषदमा पनि पुरानै मन्त्रीहरुलाई निरन्तरता दिएका छन्।

आज शुक्रबार अपरान्ह नयाँ मन्त्रिपरिषद गठन गरेका ओलीले पुरानै मन्त्रीहरुलाई निरन्तरता दिएका हुन्।

जनता समाजवादी पार्टी (जसपा)लाई समेत सरकारमा सहभागी गराउने बारेमा जसपाका नेताहरुसँग छलफल परामर्श जारी रहेका कारण अहिले कुनै फेरबदल नगरिएको प्रधानमन्त्री ओलीनिकट नेताहरुको भनाइ छ।

‘जसपासहितको दलहरुसँग छलफल भइरहेको छ तर सहमति हुन बाँकी छ। उहाँहरुसँग कसरी सहमति हुन्छ र उहाँहरु कसरी आउनु हुन्छ त्यसपछि मात्रै नयाँ मन्त्रीहरुको बारेमा निर्णय हुन्छ,’ ओलीनिकट एमाले नेता गोकुल बाँस्कोटाले भने, ‘त्यसैले हाललाई साविककै मन्त्रिपरिषदलाई निरन्तरता दिइएको हो।’

संविधानको धारा ७६(३) अनुसार सबैभन्दा ठूलो राजनीतिक दलको संसदीय दलको नेताको रुपमा प्रधानमन्त्री ओलीले अल्पमतको सरकारको नेतृत्व गर्दैछन्।

प्रधानमन्त्री ओलीलाई समर्थन गर्ने विषयमा जसपा विभाजित छ।

जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो नेतृत्वको समूहले प्रधानमन्त्री ओलीलाई साथ दिइरहेको छ। तर, अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई भने विपक्षी दलहरुको गठबन्धनलाई साथ दिइरहेका छन्।

यसअघि केहि माग पुरा गरेका ओलीले थप मागहरु पुरा गरेमा केहि दिनमा उनको सरकारमा सहभागी हुन सकिने ठाकुर र महतो पक्षको भनाइ छ।

त्यसैगरी, एमालेकै माधव नेपाल नेतृत्वको असन्तुष्ट समूहलाई समेत समेटेर मन्त्रिपरिषद् गठन गर्ने बताइए पनि आज शुक्रबारको शपथ ग्रहणमा सो पक्षलाई समेटिएको छैन।

हिजो बिहीबार प्रधानमन्त्री ओली र नेता नेपालबीच सहमतिका साथ अघि बढ्ने सैद्धान्तिक सहमति जुटे पनि थप विस्तृत रुपमा सहमति गर्न बाँकी रहेका कारण थप गृहकार्यपछि मात्र सो पक्षका मन्त्री सहभागी गराइने ओलीनिकट नेताहरुको भनाइ छ।

ओली–नेपाल सहमतिपछि विस्तृत छलफलका लागि पार्टीको दुवै पक्षका नेता सम्मिलित एक कार्यदल बनाइने भएको छ।

सो कार्यदलको प्रतिवेदनपछि सम्भवतः नेपाल पक्षका नेताहरुलाई मन्त्रिपरिषद्मा सहभागी गराइने नेताहरुले बताएका छन्।

यो पनिः
महन्थ–राजेन्द्र पक्ष तत्काल सरकारमा नजाने, माग पुरा भए ओलीलाई विश्वासको मत दिने

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .