ad ad

राजनीति


ओलीको पुनः नियुक्तिपछि नारायणकाजीको टिप्पणी : तुच्छ सत्तास्वार्थको लागि बाह्य शक्तिका पाउमा त्वमशरणम् गरियो

ओलीको पुनः नियुक्तिपछि नारायणकाजीको टिप्पणी : तुच्छ सत्तास्वार्थको लागि बाह्य शक्तिका पाउमा त्वमशरणम् गरियो

नेपालखबर
बैशाख ३१, २०७८ शुक्रबार १:२,

नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले आफ्नो तुच्छ सत्तास्वार्थको लागि बाह्य शक्तिका पाउमा त्वमशरणम् गर्ने प्रवृत्तिले राष्ट्रिय स्वाधिनतामाथि खतरा उत्पन्न भएको बताएका छन्।

प्रधानमन्त्रीमा नेकपा (एमाले) का अध्यक्ष केपी ओलीको पुनः नियुक्तिपछि सामाजिक सञ्जालमार्फत नेता श्रेष्ठले आफ्नो तुच्छ सत्तास्वार्थका लागि बाह्य शक्तिका पाउमा त्वमशरणम् गर्ने प्रवृत्तिले राष्ट्रिय स्वाधिनतामाथि खतरा पैदा गरेको टिप्पणी गरेका हुन्।

प्रधानमन्त्रीमा ओलीको पुनः नियुक्तिमा भारतको भूमिका रहेकोप्रति संकेत गर्दै उनले आफ्नो सत्तास्वार्थका लागि बिदेशी हस्तक्षेप आमन्त्रण गर्ने र देशलाई बाह्य शक्तिहरुको क्रिडास्थल बनाउने कार्य अहिलेको मुख्य चुनौति भएको बताएका छन्।

‘आफ्नो तुच्छ सत्तास्वार्थका लागि बाह्य शक्तिका पाउमा त्वमशरणम् गर्ने, बिदेशी हस्तक्षेप आमन्त्रण गर्ने र देशलाई बाह्य शक्तिहरुको क्रिडास्थल बनाउने कार्य र त्यसले राष्ट्रिय स्वाधीनता माथि पैदा गरेको खतरा नै आजको मुख्य चुनौति हो,’ श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अतःसम्पूर्ण देशभक्त शक्तिहरु एक होऔं, सार्वभौमिकताको रक्षा गरौं।’

बाह्य शक्तिहरु नेपालको संविधान र लोकतन्त्रका विरुध्द आफ्नै एजेन्डा लाद्ने रणनीतिकासाथ क्रियाशील भइरहेको र शासकहरुले उनीहरुको भूमिकाको लागि आधार तयार गर्ने काम भइरहेको उनको आरोप छ।

‘बाह्य शक्तिहरु नेपालको संविधान र लोकतन्त्रका विरुध्द आफ्नै ‘एजेन्डा’ लाद्ने रणनीतिकासाथ क्रियाशील भइरहेको, आफ्नो कुर्सी स्वार्थकालागि राष्ट्रिय स्वाधीनताको मुध्दालाई नै सौदाबाजीको बिषय बनाउने शाषकहरुबाट उनीहरुको भुमिकाको लागि आधार तयार पारिएको छ,’ श्रेष्ठले भनेका छन्, ‘बाह्य शक्तिकेन्द्रको अवाञ्छनीय हस्तक्षेप र तिनका घरेलु सेवकहरुका बिरुध्द संघर्ष नगरी संविधान र लोकन्त्रको पनि रक्षा हुन सक्दैन, सामाजिक न्याय सहितको समृध्दि र समाजवाद त झन धेरै परको कुरा हुनजानेछ। यो यथार्थलाई समयमै गहिरो गरी आत्मसात गरौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .