नेकपा एमाले नेता गोकर्ण विष्टले पार्टीका चार नेतालाई कारबाही फुकुवा गर्ने निर्णय सकारात्मक भएको बताएका छन्।
‘माधव नेपालसहित चार नेता माथिको कारबाही फुकुवाको निर्णय पार्टीलाई एकताबद्ध बनाउने वातावरण निर्माणका लागि सकारात्मक छ,’ नेपाल पक्षका नेता विष्टले सामाजिक सञ्जालमा लेखेका छन्।
आज बिहीबार बसेको स्थायी समिति बैठकले माधवकुमार नेपाल, भीम रावल, घनश्याम भूसाल र सुरेन्द्र पाण्डेमाथिको कारबाही फुकुवा गर्ने निर्णय गरेको थियो।
गत चैतमा यी चार नेतामाथि ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरिएको थियो।
यो पनिः
एमाले स्थायी समिति: माधव नेपालसहित चार नेतामाथिको कारबाही फिर्ता
प्रतिक्रिया