ad ad

राजनीति


अध्यक्ष ओलीसँग नेपाल पक्षको बटमलाइनः २०७५ जेठ २ गतेको संगठन ब्युँताइयोस्

अध्यक्ष ओलीसँग नेपाल पक्षको बटमलाइनः २०७५ जेठ २ गतेको संगठन ब्युँताइयोस्

नेपालखबर
बैशाख ३०, २०७८ बिहिबार ७:२२,

नेकपा एमालेको माधवकुमार नेपाल समूहले २०७५ जेठ २ गतेको पार्टी संगठन ब्युँत्याउनका लागि आज साँझ ४ बजेसम्मको समयसीमा तोकेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज बिहीबार बसेको स्थायी कमिटीको बैठकले नेपालसहितका चार नेतामाथि कारबाही फुकुवा गर्ने निर्णय गरेको थियो । ओलीबाट चालिएको सो कदमपछि बसेको नेपाल पक्षको स्थायी कमिटीको बैठकले सो समय तोकेको हो।

‘विभिन्न स्रोतहरुबाट जेठ २ मा फर्किने सन्देशहरु आएका छन्। तर यो झुक्याउनका लागि पनि हुनसक्छ। यसको प्रमाणिकता खोजेका छौं,’ उपमहासचिव घनश्याम भूसालले भने, ‘यस विषय औपचारिक र सामूहिक छलफलमा आउनुपर्छ।’

नेता नेपालसहित उपाध्यक्ष भीम रावल, उपमहासचिव भुसाल र स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डेमाथि पार्टीविपरित काम गरेको भन्दै एमालेले ६ महिनाका लागि निलम्बन गरेको थियो।

नेपाल निकट स्रोतहरुका अनुसार साँझ ४ बजेसम्म अध्यक्ष ओलीका तर्फबाट निर्णय गर्नका लागि समय सीमा तोकिएको छ।

यो पनि- 
एमाले स्थायी समिति: माधव नेपालसहित चार नेतामाथिको कारबाही फिर्ता

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .