ad ad

राजनीति


नयाँ सरकार गठन गर्ने समयसीमा सकिने दिन बालुवाटारमा एमाले स्थायी कमिटी बैठक जारी

नयाँ सरकार गठन गर्ने समयसीमा सकिने दिन बालुवाटारमा एमाले स्थायी कमिटी बैठक जारी

नेपालखबर
बैशाख ३०, २०७८ बिहिबार ४:९,

बहुमत जुटाई नयाँ सरकार गठन गर्न विपक्षी दललाई राष्ट्रपतिले दिएको समयसीमाको अन्तिम दिन आज एमाले अध्यक्ष एवं कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठक राखेका छन्।

बैठक बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बिहान ९ बजेदेखि  जारी छ। बैठकले एउटा निचोड निकालेपछि माधव नेपाल पक्षसँग वार्ता गर्ने तयारी रहेको स्रोतले जनाएको छ।

बैठकमा ओलीलाई विश्वासको मत प्राप्त हुन नसकेको परिस्थितिमा अब कसरी अघि बढ्ने भन्नेबारे छलफल भइरहेकाे एक स्थायी कमिटी सदस्यले बताए ।

एमाले अध्यक्ष ओलीले संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले विपक्षी दललाई बहुमत जुटाई नयाँ सरकार गठन गर्न दिएको समयसीमा आजै राति ९ बजे सकिँदैछ। 

नेपाल पक्षका सांसदले राजीनामा दिँदा नयाँ प्रधानमन्त्री बन्न कस्सिएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका पक्षमा बहुमत पुग्ने हुँदा त्यसलाई रोक्न ओली सक्रिय भएका हुन्।

नेपाल पक्षका कम्तीमा १६ सांसदले राजीनामा दिँदा संसदको कूल सदस्य संख्या घट्ने र जसपाको महन्थ ठाकुर पक्षले साथ नदिए पनि विपक्षी गठबन्धनलाई बहुमत पुग्ने आकलन भइरहेको छ।

त्यसका लागि देउवाले नेपाल पक्षका सांसदलाई मनाउने प्रयास गरिरहेका छन् भने आफ्नै अध्यक्ष भए पनि ओली प्रतिगमनकारी भएको र लोकतन्त्र ध्वस्त बनाउन उद्दत भएको आरोप लगाउँदै नेपाल पक्षका सांसदले पनि बरु आफूहरूले राजीनामा दिएर भए पनि उनलाई सत्ताबाट हटाउनैपर्नेमा जोड दिइरहेको खबर आइरहेका छन्।

यद्यपि यो विषयमा उनीहरूबीच अझै एकमत हुन बाँकी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .