राजनीति


सांसदको राजीनामा रोक्न विष्णु पौडेल पुगे बिहानै नेपाल निवास


नेपालखबर
काठमाडौं, बैशाख ३०

असन्तुष्ट पक्षका सांसदको राजीनामा रोक्न एमालेका अध्यक्ष एवं कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेता विष्णु पौडेल बिहानै वरिष्ठ नेता माधव नेपालको निवास (कोटेश्वर) पुगेका छन्।

भेटवार्तामा नेता पौडेलले वरिष्ठ नेता नेपाललाई राजीनामा रोक्न आग्रह गरेको बताइएको छ। तर भित्री कुरा बाहिर आउन बाँकी छ।

जसपाको महन्थ ठाकुर पक्षले साथ नदिँदा बहुमत पुर्‍याउन धौधौ परिरहेको विपक्षीलाई बाटो खोलिदिन नेपाल पक्षका सांसदले सामूहिक राजीनामा दिने तयारी गरेपछि त्यसलाई रोक्न ओली पक्षले अन्तिम प्रयास गरिरहेको हो।

यसै क्रममा नेपाल पक्षले भर्चुअल माध्यमबाट आज राख्न लागेको स्थायी कमिटी बैठकअघि विष्णु पौडेल वरिष्ठ नेता नेपाललाई भेट्न उनकै निवासमा पुगेका हुन्।

विश्वासको मत नपाएर ओली प्रधानमन्त्री (हाल कामचलाउ) पदबाट हटेपछि राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठनका लागि दिएको ३ दिनको समयसीमा आज राति ९ बजे सकिँदैछ।

आफ्नो नेतृत्वमा सरकार बनाउन कसरत गरिरहेका कांग्रेसका सभापति देउवाले आज राति ९ बजेसम्म पनि बहुमत जुटाउन सकेनन् भने धारा ७६ (३) अनुसार संसदको सबैभन्दा ठूलो दलको नेतालाई प्रधानमन्त्री बनाउनुपर्ने हुन्छ। अहिले संसदमा ठूलो दल (सबैभन्दा धेरै सदस्य भएको) एमाले हो भने संसदीय दलका नेता ओली नै हुन्।

यसर्थ असन्तुष्ट नेपाल पक्षका सांसदको राजीनामा रोक्न सके देउवाको योजना असफल हुनेछ भने फेरि ओली नै प्रधानमन्त्री हुने बाटो खुल्नेछ। यसैका लागि ओली पक्ष नेपाल समूहका सांसदको राजीनामा रोक्ने प्रयासमा लागेको हो।

यी पनि :

अन्तिम प्रयासमा ओली, बोलाए स्थायी कमिटी बैठक

आज राति ९ बजेसम्म बहुमत पुर्‍याउन सक्लान्, देउवाले? नत्र फर्किनेछन्, ओली !

बैशाख ३०, २०७८, बिहिबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: info@nepalkhabar.com
News: news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
advertising@nepalkhabar.com

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


वरिष्ठ संवाददाता
दीपक भट्ट
उजिर कार्की
यज्ञराज जोशी

संवाददाता
लक्ष्मी जि.सी
सविन राई
बसन्त अर्याल

मल्टिमिडिया
सन्जिव योन्जन
सुजन श्रेष्ठ

प्रदेश प्रतिनिधि
वाशुदेव मिश्र (पोखरा)
शैलेन्द्र महतो (जनकपुर)
प्रकाश न्यौपाने (भैरहवा)
गोकुल जोशी (कञ्चनपुर)

ग्लोवल
सन्जय घिमिरे (टेक्सास)
प्रजय शुक्ल(लण्डन)
मगेन्द्र राई (हङकङ)
शैलेन्द्र समदर्शी (सिक्किम)

विशेष संवाददाता
मणि दाहाल
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
शैलज पौडेल
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

समाचार संयोजक
प्रशान्त लामिछाने

कार्यकारी सम्पादक
थिरलाल भुसाल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors