ad ad

राजनीति


पूर्वमन्त्री पुन भन्छन् : जुन अस्पताल जाँदा पनि एउटै जवाफ छ- अक्सिजन छैन !

पूर्वमन्त्री पुन भन्छन् : जुन अस्पताल जाँदा पनि एउटै जवाफ छ- अक्सिजन छैन !

नेपालखबर
बैशाख २९, २०७८ बुधबार १२:५६,

पूर्वमन्त्री वर्षमान पुनले रोल्पाबाट हवाईजहाजमार्फत उद्धार गरी राजधानी ल्याइएका एक जना कोरोना संक्रमितलाई धेरै हारगुहारपछि मात्र आईसीयूमा भर्ना गर्न सकिएको अनुभव सुनाएका छन्।

जुन अस्पताल जाँदा पनि अक्सिजन छैन भन्ने जवाफ मात्र पाइएको उनले बताएका छन्।

‘हिजो रोल्पाबाट हवाई उद्धार गरिएका श्यामबहादुर बुढालाई धेरै हारगुहारपछि आईसीयूमा भर्ना गरियो,’ माओवादी केन्द्रका नेता पुनले सुनाए, ‘जुनसुकै अस्पतालमा जाँदा पनि एउटै जवाफ छ– अक्सिजन छैन।’

सरकारले सम्पूर्ण प्रयत्न अक्सिजनको उत्पादन, वितरण र समन्वयमा लगाउन अति आवश्यक भइसकेको उनी बताउँछन्। प्रधानमन्त्रीले कोरोना महामारी नियन्त्रणमा रहेको दाबी गरे पनि अवस्था निकै डरलाग्दो भइसकेको नेता पुनको भनाइ छ।

‘राजाधनीमा रहेका ठूलठूला अस्पतालले अक्सिजनका कारणले बिरामी लिन नसक्ने घोषणा गरेका छन्। त्यति मात्र होइन, उपचारत बिरामी पनि राख्न नसक्ने बताइरहेका छन्,’ माओवादी केन्द्रका नेता पुन भन्छन्, ‘कति डरलाग्दो अवस्था छ। प्रधानमन्त्री स्थिति नियन्त्रणमा छ। भनिरहेका छन्। स्वास्थ्यमन्त्री कमिसनको कुरा गरिरहेका छन्।’

अस्पतालमा उपचार क्षमता बाँकी छ भन्ने दाबी गरिरहेको स्वास्थ्य मन्त्रालयलाई मृतक र संक्रमित गन्दै फुर्सद नभएको टिप्पणी पूर्वमन्त्री पुनले गरेका छन्।

यस्तो अवस्थामा सरकारको भर मात्र नगरी राजनीतिक दल, तिनका भ्रातृ संगठन, निजी क्षेत्र, विभिन्न संघ/संगठन तथा विदेशमा रहेका नेपालीलाई विशेष सहयोगमा जुट्न नेता पुनले आह्वान पनि गरेका छन्।
उनले भनेका छन्, ‘कोरोना संकटसँग जुध्न हामी सबै आआफ्ना ढंगले क्रियाशील बनौं। सबैमा हार्दिक अनुरोध गर्दछु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .