ad ad

राजनीति


भीम रावल भन्छन् : ओलीलाई पदमुक्त गर्न हामीले सांसद पदबाट राजीनामा दिनुपर्छ

भीम रावल भन्छन् : ओलीलाई पदमुक्त गर्न हामीले सांसद पदबाट राजीनामा दिनुपर्छ

नेपालखबर
बैशाख २९, २०७८ बुधबार १२:३,

नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदमुक्त गर्न आफूहरुले सांसद पदबाट राजीनामा दिनुपर्ने बताएका छन्।

बुधबार सामाजिक सञ्जाल ट्वीटमार्फत् उनले सो जानकारी गराएका हुन्।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदमुक्त गर्न जरुरी भएकाले आफूहरुले राजीनामा गर्न लागेको बताए।

‘असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाहिन्छ,’ रावलले लेखेका छन्, ‘थप राष्ट्रिय हित, पार्टी विधान विपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट प्रधानमन्त्री केपीलाई रोक्न पदमुक्त गर्नु आवश्यक छ। त्यसका लागि हामीले सांसद पदबाट राजीनामा गरी स्थिति निर्माण गर्नुपर्छ। यो राजनीतिक नैतिकता र कानूनी दृष्टिले धेरै उचित छ।’

माधव नेपाल पक्षमा रहेका नेता रावलले सामूहिक राजीनामा दिनुपर्ने समेत बताएका छन्।

सोमबार संसदमा प्रधानमन्त्रीलाई विश्वासको मत दिने प्रस्तावमाथि भएको मतदानमा नेपालपक्षीय २८ सांसदले बहिस्कार गरेका थिए। सो प्रस्तावका पक्षमा बहुमत नपुगेपछि अस्वीकृत भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .