ad ad

राजनीति


इजरायलले गाजाको १३ तले भवन ध्वस्त पारेपछि हमासद्वारा तेल अभिभमा १३० मिसाइल प्रहार

इजरायलले गाजाको १३ तले भवन ध्वस्त पारेपछि हमासद्वारा तेल अभिभमा १३० मिसाइल प्रहार

नेपालखबर
बैशाख २९, २०७८ बुधबार ३:३६,

इजरायल र प्यालेस्टाइनको सीमामा जारी युद्ध रोकिने छाँटकाँट देखिएको छैन।

यसै क्रममा प्यालेस्टाइनको विद्रोही संगठन हमासले इजरायलको तेल अभिभ सहरलाई लक्ष्य गरी १३० वटा मिसाइल प्रहार गरेको दाबी गरेको छ।

इजरायली सेनाले गाजा पट्टीमा रहेको १३ तले भवन ध्वस्त बनाएपछि हमासले तेल अभिभमा रकेट प्रहार गरेको बीबीसीले उल्लेख गरेको छ।

भवनमा रहेका मानिसलाई भने पहिले नै सुरक्षित स्थानमा निस्कन चेतावनी दिइएको थियो। इजरायली सेनाले हमासको सैन्य अखडा ताकेर हवाई आक्रमण गरिरहेको बताएको छ।

सोमबार रातिदेखि हमासले इजरायलतर्फ ३ सयभन्दा बढी रकेट प्रहार गरेको छ। इजरायली प्रहरीका प्रवक्ता मिकी रोजेनफेल्डले एएफपीसँग कुरा गर्दै हमासले हानेको रकेट तेल अभिभमा खाली बसमा खसेको जानकारी दिएका छन्।

५ वर्षीया बालिकासहित ३ जना घाइते भएको उनले बताएका छन्।

बीबीसीका अनुसार अहिलेसम्म तीन जना इजरायली र २८ प्यालेस्टिनी गरी ३१ जनाको मृत्यु भएको छ।

यसैगरी इजरायली सेनाले गाजाका १५० स्थानमा आक्रमण गरेको बीबीसीले जनाएको छ। अन्तर्राष्ट्रिय समुदायले दुवै पक्षलाई शान्ति कायम गर्न आग्रह गरेका छन्।

यसबारे छलफल गर्न आज बुधबार संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को बैठक बस्दै छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .