ad ad

राजनीति


लुम्बिनी प्रदेशको रिक्त राष्ट्रिय सभा सदस्य उपनिर्वाचन कार्यक्रम सार्वजनिक

लुम्बिनी प्रदेशको रिक्त राष्ट्रिय सभा सदस्य उपनिर्वाचन कार्यक्रम सार्वजनिक

नेपालखबर
बैशाख २८, २०७८ मंगलबार ११:२३,

आगामी जेठ १७ गते हुने लुम्बिनी प्रदेशको रिक्त राष्ट्रिय सभा सदस्य उपनिर्वाचन कार्यक्रम सार्वजनिक भएको छ।

निर्वाचन आयोगले निर्वाचन कार्यक्रम आज (मंगलबार) गते स्वीकृत गरेको हो।

स्वीकृत कार्यक्रम अनुसार जेठ १ गते मतदाता नामावली प्रकाशन गर्ने र दाबी विरोधको उजुरी दिने, जेठ २ र ३ गते प्राप्त निवेदन तथा उजुरी उपर छानबिन र कारबाही गर्ने तथा अन्तिम मतदाता नामावली प्रकाशन गर्ने, जेठ ४ गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने र मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यक्रम छ।

यसैगरी, जेठ ५, ६ र ७ गते उम्मेदवारको विरोधमा उजुरी दिने, मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने तथा उम्मेदवारको नामावली प्रकाशन गर्ने, जेठ ८ गते उम्मेदवारले नाम फिर्ता लिने र जेठ ९ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .