ad ad

राजनीति


दुई मुख्य बटमलाइनबारे नेपाल आफैले ओलीसँग कुरा गर्दै, नेता भन्छन्– भोलि बिहान फाइनल

दुई मुख्य बटमलाइनबारे नेपाल आफैले ओलीसँग कुरा गर्दै, नेता भन्छन्– भोलि बिहान फाइनल

नेपालखबर
बैशाख २६, २०७८ आइतबार १४:४१,

नेकपा–एमालेको माधवकुमार नेपाल पक्षले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सहमतिको ठोस प्रस्ताव ल्याउन भोलि बिहानसम्मको समय दिएको छ।

दिनभर आपसी र दुईपक्षीय छलफल तथा भेटवार्तापछि सो निर्णय लिइएको हो। 

आज आइतबार नेपाल समूहका सांसदहरुबीच पटक पटक छलफल भएको थियो।

त्यसैगरी ओली पक्षका नेताहरु सुवास नेम्वाङ र विष्णु पौडेलसँगको नेता नेपालको आजै अपरान्ह सिंहदरबारमा भेट भएको थियो।

त्यसपछि फेरि आफूपक्षीय सांसदहरुसँग पुनः छलफलपछि नेपाल पक्षले ओलीलाई भोलि बिहान ९ बजेसम्मका लागि समय दिएको हो।

प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत लिन लागिरहेका बेला उनको पक्षमा मतदान नगर्ने बरु त्यसअघि नै राजीनामा दिने तयारीमा रहेका नेपालसहितका सांसदलाई ओली पक्षले त्यसो नगर्न आग्रह गर्दै आएको छ।

उनीहरुले आजै राजीनामा दिने तयारी पनि थियो।

तर, उनीहरुले लामो छलफलपछि ओली पक्षसँग सहमतिका लागि भोलि बिहानसम्म पर्खने निर्णय गरेका छन्।

यो पनिः माधव नेपालले भने– पौडेल र नेम्वाङमार्फत् ठोस प्रस्ताव आएन, हामीले आफ्नो निर्णय गर्नुपर्छ

आपसी छलफलपछि उनीहरुले दुइटा मुख्य विषय तय गरेका छन्।

‘जेठ २ गतेको पार्टी संरचनामा फर्किने र सहमतिमा पार्टी सञ्चालन गर्ने मुख्य दुई विषयमा सहमति भयो भने हामी पक्षमा मतदान गर्छौं,’ एमाले सचिव योगेश भट्टराईले भने, ‘सहमति नभए राजीनामा दिने निर्णय भएको छ।’

यसबारे माधव नेपालले अध्यक्ष ओलीलाई आफै फोन गरेर जानकारी गराउने छन्।

‘भोलि फाइनल हुनेछ,’ भट्टराईले भने।

सो पक्षका नेताहरुले भोलि साढे ९ बजे आफू पक्षका सबै सांसदलाई सिंहदरबारमा भेला हुन बोलाएका छन्।

यो पनि–
पौडेल र नेम्वाङसँगको छलफलपछि आन्तरिक परामर्शमा नेपाल

सांसदसहित सिहंदरबारमा माधव नेपाल, राजीनामा रोक्ने प्रयासमा त्यहीँ पुगे नेम्वाङ र पौडेल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .