ad ad

राजनीति


विश्वासको मतमा जसपाले ह्वीप नलगाउने, स्वविवेक प्रयोग गर्न सांसद स्वतन्त्र

विश्वासको मतमा जसपाले ह्वीप नलगाउने, स्वविवेक प्रयोग गर्न सांसद स्वतन्त्र

नेपालखबर
बैशाख २६, २०७८ आइतबार १२:४७,

प्राधनमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतमा जनता सामाजवादी पार्टी (जसपा) आफ्ना सांसदहरुलाई ह्वीप नलगाउने भएको छ।

पार्टीका शीर्ष नेताहरुको बैठकले सांसदहरुलाई स्वविवेक प्रयोग गर्न दिने निर्णय गरेको हो।

अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतोले तटस्थ बस्ने प्रस्ताव गरे पनि बैठकले ह्वीप नलगाउने र स्वविवेकको आधारमा मत दिन पाउने निर्णय गरेको नेता राजेन्द्र श्रेष्ठले नेपालखबरसँग बताए।

ओली सरकार इतिहासकै प्रतिगामी भएको भन्दै आफूहरुले भने विपक्षमा मतदान गर्ने उनले बताए। बैठकमा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवले विपक्षमा मतदान गर्न आग्रह गरेको श्रेष्ठले जानकारी दिए।

यो निर्णयसँग जसपा सांसद तटस्थ बस्न पनि पाउने, ओलीको पक्षमा मतदान गर्न पनि पाउने र विपक्षमा मतदान गर्न पनि स्वतन्त्र भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .