संसदमा विश्वासको मत, लुम्बिनी प्रदेश लगायतमा नयाँ रणनीति बनाउन नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको बैठक जारी छ।
कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा करिब २ घण्टादेखि पदाधिकारी बैठक जारी छ।
यता माओवादी केन्द्रको स्थायी समितिको बैठक केहीबेरअघिबाट पार्टी कार्यालय पेरिसडाँडामा बसिरहेको छ।
कांग्रेसको पदाधिकारी बैठकले वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा लिन लागेको विश्वासको मतलाई कसरी असफल बनाउने भन्ने विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ।
साथै लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलले चालेको कदमको विषयमा पनि छलफल भइरहेको छ।
उता माओवादी केन्द्रको बैठक समेत यही विषयमा केन्द्रित रहेको नेताहरु बताउँछन्।
प्रधानमन्त्री ओलीले वैशाख २७ गते संसदमा विश्वासको मत लिनको लागि संसद बैठक बोलाएपछि त्यसबारे रणनीति तय गर्न माओवादी केन्द्रको स्थायी समितिको बैठक बसिरहेको हो।
प्रतिक्रिया