ad ad

राजनीति


अस्पतालबाटै बाबुराम भट्टराई भन्छन्– देशको स्वास्थ्य थप जटिल नबनोस्

अस्पतालबाटै बाबुराम भट्टराई भन्छन्– देशको स्वास्थ्य थप जटिल नबनोस्

नेपालखबर
बैशाख २१, २०७८ मंगलबार १०:२२,

अस्पतालमा उपचाररत् जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले देशको अवस्था थप जटिल नहोस् भनी कामना गरेको बताएका छन्।

गतसाता वीर अस्पतालमा ट्युमरको अप्रेसन गराएका भट्टराईले अस्पताल बेडबाटै सो भनाइ सार्वजनिक गरेका हुन्।

उनले आफ्नो स्वास्थ्य अवस्थामा भने सुधार भएको जनाएका छन्।

‘वीरअस्पतालमा डा. सुवोध अधिकारीको नेतृत्वमा कुशल र समर्पित डाक्टर, नर्स, फिजियोथेरापिष्ट लगायतका स्वास्थ्यकर्मीहरूको अथक प्रयत्न र यहॉहरूको शुभेच्छाले सफल शल्यक्रिया पश्चात क्रमशः स्वास्थ्यलाभ गर्दैछु, सबैमा हार्दिक आभार,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पछिल्ला घटनाक्रमले देशको स्वास्थ्य थप जटिल नबनोस् कामना गर्दछु।’

प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने कि उनैलाई साथ दिने भन्ने विषयमा जसपाभित्र तीव्र विवाद भइरहेका बेला पूर्वप्रधानमन्त्री भट्टराईले अस्पतालबाटै सो धारणा व्यक्त गरेका हुन्।

उनको बैशाख १७ गते इन्डोक्राइनको ट्युमर निकाल्न शल्यक्रिया गरिएको हो। त्यसपछि उनी अस्पतालमै रहेका छन्।

यो पनिः
जसपाका संघीय अध्यक्ष भट्टराईको शल्यक्रिया सफल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .