ad ad

राजनीति


उपत्यकामा २९ गतेसम्म निषेधाज्ञा थप, बेलुकी पसल खोल्न नपाइने

उपत्यकामा २९ गतेसम्म निषेधाज्ञा थप, बेलुकी पसल खोल्न नपाइने

नेपालखबर
बैशाख २१, २०७८ मंगलबार ९:५२,

उपत्यकामा वैशाख २९ गतेसम्म निषेधाज्ञा थप भएको छ।

मंगलबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले थप एकसाता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार अब थप कडाइ गरिने भएको छ।

बेलुकीको समयमा अत्यावश्यक पसल पनि सञ्चालन गर्न नपाइने भएको छ।

बिहान भने ९ बजेसम्म भने पसल सञ्चालन हुन पाउने छन्। फुटपाथका पसल बन्द गरिने भएको छ।

बैंक तथा वित्तीय संस्थामा कर्मचारी सीमित गर्ने, सरकारी कार्यालयमा पनि कर्मचारी र सवारी साधनको संख्या घटाउने व्यवस्था गर्ने निर्णय भएको छ। यसको व्यवस्था सम्बन्धित मन्त्रालय र विभागबाटै गर्ने प्रमुख जिल्ला अधिकारीको निर्णय छ।

सञ्चारमाध्यमलाई पनि आवागमनमा थप कडाइ गरिने भएको छ।

अब सूचना विभागले जारी गरेका प्रेस पास देखाउनुपर्नेछ। त्यो नभएकाहरुका हकमा सम्बन्धित सञ्चारगृहले प्रशासनमा न्यूनतम कर्मचारी खटाउने र तिनको विवरण जिल्ला प्रशासनमा उपलब्ध गराउनु पर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .