दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्न लागेको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुन लागेको एक नेताले जानकारी दिए।
नेपाली कांग्रेसको पदाधिकारी बैठकसमेत आजै ३ बजे राखिएको छ। कांग्रेस बैठक सभापति शेरबहादुर देउवा निवास वुढानिलकण्ठमा बस्दै छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाख २७ गते संसदमा विश्वासको मत लिनको लागि संसद बैठक बोलाएपछि त्यसबारे रणनीति तय गर्न माओवादी केन्द्रको स्थायी समितिको बैठक बोलाएको हो।
‘आज ३ बजे स्थायी समिति बैठक बोलाइएको छ,’ स्रोतले नेपालखबरसँग भन्यो, पछिल्लो राजनीतिक परिस्थितिको व्रिफिङ, र रणनीति तय गर्न लागेको हुनसक्छ।’
माओवादीले ओली सरकारलाई दिएको समर्थन फिर्ता नलिएपछि उनले विश्वासको मत लिन लागेका हुन्।
कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) ले ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेपनि संख्या नपुगेको भन्दै ल्याउन आनाकानी गरेका थिए।
प्रतिक्रिया