सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाललाई फिर्ता बोलाउने भएको छ।
मन्त्रिपरिषद बैठकले उनलाई फिर्ता बोलाउने निर्णय गरेको हो।
दाहाल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको कोटामा राजदूत बनेका थिए। आइतबार र सोमबार मन्त्रिपरिषद बैठक बसेको थियो।
दाहालको अझै दुई वर्ष कार्यकाल छ। लक्की शेर्पालाई फिर्ता बोलाएपछि दाहाल राजदूतमा नियुक्त भएका थिए।
दाहालको सुरुको राजनीतिक पृष्ठभूमी कांग्रेस भए पनि उनी पछि माओवादीमा प्रदेश गरेका थिए। उनी अध्यक्ष दाहाल निकट मानिन्छन्।
सरकारले सोमबार नै माओवादी कोटमा प्रदेश प्रमुख बनेका अमिक शेरचन र शर्मीला त्रिपाठीलाई पनि पदमुक्त गर्न सिफारिस गर्दै नयाँ प्रदेश प्रमुख बनाएको थियो।
तर सरकारले ओमानका लागि नेपाली राजदूत शर्मीला ढकाल पराजुली र जापनका लागि राजदूत प्रतिभा राणालाई अर्को व्यवस्था नभएसम्म निरन्तरता दिने भएको छ।
उनीहरुको कार्यकाल सकिएको भए पनि अर्को व्यवस्था नभएसम्म म्याद थपिएको जानकारी आएको परराष्ट्र स्रोतले बतायो।
प्रतिक्रिया