ad ad

राजनीति


एमालेमा लागेका एक मेयरसहित तीन उपमेयरलाई माओवादीले सोध्यो स्पष्टीकरण

एमालेमा लागेका एक मेयरसहित तीन उपमेयरलाई माओवादीले सोध्यो स्पष्टीकरण

शैलेन्द्र महतो
बैशाख २१, २०७८ मंगलबार ६:५६,

नेकपा एमालेको ओली पक्षमा लागेको भन्दै नेकपा माओवादी केन्द्र धनुषाले एक मेयरसहित तीन उपप्रमुखलाई स्पष्टीकरण सोधेको छ।

विदेह नगरपालिकाका मेयर बेचन दास, विदेह नगरपालिकाकी उपमेयर निलम देवी मण्डल, हीदनगर नगरपालिकाकाकी उपमेयर शिला देवी कापर र सबैला नगरपालिकाकी उपमेयर निलुदेवी कापर माओवादी केन्द्र जिल्ला कमिटीले स्पष्टीकरण सोधेको हो।

माओवादी केन्द्र धनुषाका इन्चार्ज योगकुमार बरबरिया यादव जीवन र जिल्ला सचिव दीपक यादवले संयुक्त हस्ताक्षर गरी पत्र पठाउँदै तीनदिन भित्र लिखित जवाफ पेस गर्न निर्देशन दिएका छन्।

3deputymayors

पार्टीको गतिविधि तथा कार्यक्रममा सहभागी नभएको भन्दै लिखित स्पष्टीकरण पेस गर्न पत्रमा भनिएको छ।

पत्रमा सर्वोच्च अदालतको निर्णयअनुसार पार्टी पुरानै अवस्थामा फर्किए पनि पार्टीको कार्यक्रमहरुमा तपाईंको सहभागिता के कति कारण भइरहेको छैन, तपाईंको आफ्नो स्थानीय तहमा पार्टीको पक्षमा क्रियाशिलता के कति कारणले छैन र तपाईंले नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र त्याग गरेको हो वा होइन भन्ने प्रश्नसहितको जवाफ दिन भनिएको छ।

Dhanusha spastikaran 3

यसअघि माओवादी केन्द्रले आफ्नो पार्टीबाट निर्वाचित भएर पछिल्लो समय ओलितिर लागेका रौतहटका दुई मेयरसहित पाँच उपमेयरलाई स्पष्टीकरण सोधेको थियो।

त्यसपछि उनीहरुलाई कारबाही गरी केहि दिनअघि पदमुक्त गर्न निर्वाचन आयोगमा सिफारिस गरेको थियो।

Dhanusha spastikaran joint

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .