राजनीति

Tata MotorsTata Motors

प्रदेश प्रमुख पदबाट हटाइएकामा ज्यादै खुसी छु, राष्ट्रपतिज्यूलाई मुरीमुरी धन्यवाद: अमिक शेरचन

फाइल तस्बिर : अमिक शेरचन


नेपालखबर
काठमाडौं, बैशाख २१

गण्डकी प्रदेश प्रमुख पदबाट हटाइएका अमिक शेरचनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई धन्यवाद दिएका छन्।

पदबाट बर्खास्त गरिएको भोलिपल्ट मंगलबार बिहान पत्रकार सम्मेलन गर्दै शेरचनले प्रदेश प्रमुख पद बाध्यताले स्वीकार गरिएको पद थियो भन्दै त्यसबाट मुक्त गरिदिएकामा राष्ट्रपतिलाई मुरीमुरी धन्यवाद भनेका हुन्।

नेकपा माओवादी केन्द्रका नेता शेरचनलाई सरकारको सिफासिमा राष्ट्रपतिले हिजो सोमबार पदबाट हटाएकी हुन्। उनको स्थानमा एमाले नेता सीता पौडेललाई राखिएको छ।

‘पदमुक्त भएकामा अत्यन्तै खुसी छु, त्यसका लागि राष्ट्रपतिज्यूलाई मुरीमुरी धन्यवाद,’ उनले भने, ‘पहिला ओलीजीको प्रस्ताव मैले अस्वीकार गरेको पद थियो यो। पछि पार्टीको निर्णय सुनाएपछि अनुशासित कार्यकर्ताको नाताले बाध्य भई स्वीकारको पद हो यो। अधिकारविहीन खुला जेलबाट पदमुक्त गरिदिनुभएकोमा पुनः धन्यवाद दिन चाहन्छु, राष्ट्रपतिज्यूलाई।’

उनले आफू पदका लागि राजनीति गरेको व्यक्ति नभएको उल्लेख गर्दै कुनै बेला राष्ट्रपतिका लागि प्रस्ताव आउँदा पनि अस्वीकार गरेको सुनाए।

‘म पदका लागि राजनीति गरेको व्यक्ति होइन, पूर्वराष्ट्रपति रामवरण यादवपछि मलाई राष्ट्रपतिका लागि आएको प्रस्ताव अस्वीकार गरें, ज्ञानेन्द्र कालमा प्रधानमन्त्रीका लागि प्रस्ताव आउँदा ठाडै अस्वीकार गरें,’ शेरचेनले भने, ‘म निर्मल लामा, मोहनविक्रम सिंहजस्ता शीर्षस्थ नेताहरूसँग निकट रहेर सक्रिय राजनीतिमा जीवन समर्पित गरेको व्यक्ति हुँ, पदका लागि कुनै बार्गेनिङ गरिनँ।’

आफू पद जोगाउन अनेक खेल खेल्ने व्यक्ति नभएको उल्लेख गर्दै नेता शेरचनले आफू सधैं मार्क्सवाद र श्रमजीवी वर्गको इमान्दार योद्धा भएको बताए।

प्रदेश प्रमुखका रूपमा आफूले १८ महिना २ दिन काम गरेको उल्लेख गर्दै उनले त्यतिन्जेल सहयोग र सम्मान गर्ने सबैप्रति आभार पनि प्रकट गरेका छन्।

यो पनि : गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुख हटाइए, नयाँ प्रमुखमा पाैडेल र यादव

बैशाख २१, २०७८, मंगलबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: info@nepalkhabar.com
News: news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
advertising@nepalkhabar.com

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


वरिष्ठ संवाददाता
दीपक भट्ट
उजिर कार्की
यज्ञराज जोशी

संवाददाता
लक्ष्मी जि.सी
सविन राई
बसन्त अर्याल

मल्टिमिडिया
सन्जिव योन्जन
सुजन श्रेष्ठ

प्रदेश प्रतिनिधि
वाशुदेव मिश्र (पोखरा)
शैलेन्द्र महतो (जनकपुर)
प्रकाश न्यौपाने (भैरहवा)
गोकुल जोशी (कञ्चनपुर)

ग्लोवल
सन्जय घिमिरे (टेक्सास)
प्रजय शुक्ल(लण्डन)
मगेन्द्र राई (हङकङ)
शैलेन्द्र समदर्शी (सिक्किम)

विशेष संवाददाता
मणि दाहाल
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
शैलज पौडेल
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

समाचार संयोजक
प्रशान्त लामिछाने

कार्यकारी सम्पादक
थिरलाल भुसाल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors