ad ad

राजनीति


प्रदेश २ मा ४१७ स्वास्थ्यकर्मीको दरबन्दी थप, हरेक जिल्लामा फोकल मन्त्री तोकियो

प्रदेश २ मा ४१७ स्वास्थ्यकर्मीको दरबन्दी थप, हरेक जिल्लामा फोकल मन्त्री तोकियो

नेपालखबर
बैशाख २०, २०७८ सोमबार १२:११,

प्रदेश नं २ सरकारले ४सय १७ स्वास्थ्यकर्मीको दरबन्दी थप गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना संक्रमितको उपचारका लागि स्वास्थ्यकर्मीको अभाव हुन नदिन अस्थायी दरबन्दी थप गर्ने निर्णय गरेको हो।

मुख्यमन्त्रीका प्रेस संयोजक अतिश मिश्रका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका लागि ३३, प्रादेशिक अस्पतालका लागि १७४, सिरहा, जलेश्वर, मलंगवा, गौर र कलैया अस्पतालका लागि ३२/३२, लहान अस्पतालका लागि २३, र भारदह तथा पोखरिया अस्पतालका लागि १५/१५ जना स्वास्थ्यकर्मीको दरबन्दी थप गर्ने निर्णय भएको छ।

कोरोना विशेष उपचारका लागि थप गरिएको दरबन्दीहरुमा एनेस्थेसियोलोजिष्ट देखि सरसफाइका कर्मचारीसमेत रहेका छन्। थप गरिएका दरबन्दीहरुमा अस्पतालले आवश्यकता अनुसार तत्काल नियुक्त गर्न सकिने व्यवस्था गरिएको छ।

सोमबारको मन्त्रिपरिषदको बैठकले प्रदेश सरकारका मन्त्रीहरुलाई जिल्ला– जिल्लाको जिम्मेवारी समेत तोकेको छ।

सप्तरी जिल्लाका लागि भूमिव्यवस्था कृषि तथा सहकारीमन्त्री शैलेन्द्र साह, सिरहा जिल्लाका लागि आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादव, धनुषा र महोत्तरीका लागि आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादव, सर्लाही र रौतहटका लागि उद्योग पर्यटन तथा वनमन्त्री रामनरेश राय र बारा तथा पर्साका लागि भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनललाई फोकल मन्त्री तोकिएको छ।

जिम्मेवारी तोकिएका मन्त्रीहरु सम्बन्धित जिल्ला र प्रदेश सरकारकाबीच कोरोना महामारी नियन्त्रणका लागि संयोजनको काम गर्नेछन्।

मन्त्रिपरिषदले यसअघि प्रदेश कोरोना संकट व्यवस्थापन समिति (पीससिीएमसी) का निर्णयलाई अनुमोदन समेत गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .