ad ad

राजनीति


सेनाका यी ६ अस्पतालमा कोरोना संक्रमितका लागि १ हजार बेड तयार

सेनाका यी ६ अस्पतालमा कोरोना संक्रमितका लागि १ हजार बेड तयार

नेपालखबर
बैशाख २०, २०७८ सोमबार १२:६,

नेपाली सेनाले आफ्ना ६ अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि एक हजार बेड तयार गरेको छ।

कोरोना संक्रमितको उपचारका लागि सेनाले वीरेन्द्र सैनिक अस्पताल र तीन वटा क्षेत्रीय अस्पतालमा २ सयका दरले र अन्य दुई अस्पतालमा एकसयका दरले बेड तयार गरेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपरान्ह देशवासीको नाममा सम्बोधन गर्दै सेनालाई राजधानी र बाहिर गरी कूल एक हजार बेड तयार गर्न निर्देशन दिएको घोषणा गरेका थिए।

यसअघि नेपाली सेनाले कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि आन्तरिक रुपमा बेड तयार गरिरहेको थियो।

नेपाली सेनाका प्रवक्ता सन्तोष वल्लभ पौडेलका अनुसार आवश्यक पर्दा सरकारको निर्देशनमा ती अस्पताल सर्वसाधारणका लागि खुल्ला गर्ने सेनाको तयारी छ।

काठमाडौंस्थित वीरेन्द्र सैनिक अस्पतालमा २ सय बेड सर्वसाधारणको उपचारका लागि उपलब्ध गराउने गरी सेनाले तयारी गरेको छ।

यस्तै नेपालगन्ज, पोखरा र इटहरीमा रहेका सेनाका क्षेत्रीय अस्पतालमा पनि २ सयका दरले सर्वसाधारणको लागि बेड उपलब्ध गराउने सेनाको तयारी छ।

धनगढीको बोराडाडी र बर्दिवासमा रहेको सैनिक अस्पतालमा एक–एक सय बेड सर्वसाधारणको लागि उपलब्ध गराउने सेनाको तयारी रहेको जंगी अड्डाले जनाएको छ।

सेनाले कोरोना संक्रमण बढ्दै गएपछि यी अस्पतालमा २ सयदेखि साढे २ सयसम्म थप बेडहरु तयार गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .