ad ad

राजनीति


अब भारतबाट यी १३ नाकाबाट मात्रै आउन पाइने

अब भारतबाट यी १३ नाकाबाट मात्रै आउन पाइने

नेपालखबर
बैशाख १९, २०७८ आइतबार १५:२६,

सरकारले भारतबाट आउनेका लागि १३ वटा नाका तोकेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अरु नाका बन्द गर्दै १३ वटा नाकाबाट मात्रै आउजाउ गर्न दिने निर्णय गरेको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए।

अब काँकडभिट्टा, जोगवी, पशुपतिनगर, भिट्टामोड, गौर, वीरगन्ज, बेलहिया, कृष्णनगर, जमुना, मुलघाट, झुलाघाट, गौरिफन्टा र गड्डाचौकी नाका मात्रै सञ्चालन हुने भएका छन्।

यसअघि कोरोना संकट व्यवस्थापन समिति (सीसीएमसी) ले २२ वटा नाका बन्द गर्न सिफारिस गरेको थियो। पछिल्ले समय नेपाल भारत सिमानाका ३५ वटा नाका सञ्चालनमा छन्।

सरकारले तोकेका १३ वटा नाकालाई व्यवस्थित गर्ने निर्णय पनि गरेको छ। ती नाकामै स्वास्थ्य परीक्षण गरेर उनीहरुलाई घरसम्म पुर्‍याउने यातायातको समेत व्यवस्था गर्ने भएको हो।

गत वर्ष सरकारले भारतबाट आउन पूरै बन्द गर्दा चर्को आलोचना भएको थियो। भारतमा जोखिम बढेपछि स्वदेश फर्किएका नागरिक महिनौंसम्म सिमानामा अलपत्र परेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .